Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु Sep 9, 2017 ArthatantraNawalparcai
    नवलपरासी । नवलपरासी जिल्लामा भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा विभिन्न सरोकारवालाले एक्यबद्धता जनाएका छन् । जिल्लास्थित विभिन्न सार्वजनिक कार्यालयलाई अझ बढी पारदर्शी एंव जवाफदेही बनाउनका लागि अभियान सञ्चालन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली बताए । रासस प्रकानशित मितिः२०७४ भाद्र २४
  • कतारमा अलपत्र ७ नेपालीको उद्धार, आज नेपाल फर्काउँदै Sep 9, 2017 Arthatantraqatar-nepali
    काठमाडौं । कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ । राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु ५ महिनासम्म तलब नपाएर अलपत्र परेपछि जीसी लगायत केही नेपालीले उद्धारको पहल थालेको हो । विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको छ । यस अघि २० जनाको उद्धार गरी नेपाल पठाइएको कतारबाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिएका छन् । बुटवलमा ...
  • २ दिनमै २० हजारले गरे ‘दशैंको बेला सस्तो मेला’ को अवलोकन Sep 8, 2017 Arthatantradashain
    काठमाडौं । राजधानीको भृकुटीण्डपमा प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको आज दोस्रो दिन हो । सुरु भएको दिन देखि आजसम्म १९ हजार भन्दा बढी उपभोक्ताले मेला स्थलमा प्रवेश गरेका छन् । दशैंको अवसरमा बुधबारबाट सो मेला सुरुभएको थियो । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले बताए । ...
  • २ दिनमै २० हजारले अवलाृेकन गरे “दशैंको बेला सस्तो मेला” Sep 8, 2017 Arthatantrastock pasupati
    काठमाडौ । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले  बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शशेर ...
  • ३ सय रुपैंयाले घट्यो सुनको भाउ Sep 7, 2017 Arthatantragold-silver-sun-chadi-nepal
    काठमाडौ । निरन्तर बढिरेहेको सुनको भाउ साताको पाँचौ दिन बिहिबार तोलामा ३ सय रुपैंयाले घटेको छ । बुधबार ५७ हजार ५ सय रुपैंयामा किनबेच भएको छापावाला सुन बिहिबार प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहिबार चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७ सय ८५ रुपैंयामा किनबेच भईरहेको छ । प्रकाशित मितिः ...
  • हाइड्रोमा रुसले ५ अर्ब १० करोडको लगानी गर्दै Sep 7, 2017 Arthatantrahydropower-
    काठमाडौ । ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ । उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका ...
  • निरन्तर १ हजारले बढिसक्यो सुन,बिहिबार ५७ हजार नाघ्ने नै हो त ? Sep 6, 2017 Arthatantragold-
    काठमाडौ । केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । आज पनि तोलामा थप दुई सय रुपैयाँ बृद्धि हुँदै सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । हिजो सुन प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक हप्ताको अन्तरालमा एक हजार रुपैयाँ बृद्धि भएको छ । आज चाँदीको ...
  • दशैं लाग्न लाग्यो,नयाँ नोट साट्ने होईन ? २८ गतेदेखि कहाँ–कहाँबाट साट्न… Sep 5, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु (काठमाडौ बैकिङ अफिस, न्यूरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर), राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु (सिंहदरबार ...
  • ८८ किलो अबैध सुनसहित काठमाडौमा एक पक्राउ,अहिलेसम्मकै ठूलो परिमाण भएको … Sep 4, 2017 Arthatantragold ktm
    काठमाडौ । नेपाल प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई काठमाडौको क्षेत्रपाटीबाट पक्राउ गरेको छ । सोमबार बिहानै सुराकीको आधारमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार ८८ किलो सुन स्ट्रोम जीपबाट बरामद भएको छ भने गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० ...
  • सुनको भाउ बढेर ५७ हजार नजिक पुग्यो,किन बढ्दैछ भाउ ? Sep 3, 2017 Arthatantragold-silver-sun-chadi-nepal
    काठमाडौ । लगातार बढिरहेको सुनको भाउ आईतबार पनि तोलामा ३ सय रुपैंयाले बढेर ५६ हजार ८ सय रुपैंयामा पुगेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आईतबार चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला ७ सय ८० रुपैंयामा किनबेच भएको महासंघले जनाएको छ । महासंघका अनुसार ...