Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अघि बढ्याे काठमाडौं स्तम्भ निर्माण कार्य Mar 14, 2016 Arthatantraktm
    काठमाडौं । पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताए। सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ । तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स ...
  • शेखर कोइराला एकाएक अस्पताल भर्ना … Mar 14, 2016 Arthatantra1422354302 (1)
    काठमाडौँ । नेपाली काँग्रेसका चर्चित नेता शेखर कोइरालाको स्वास्थ्यमा गडबडी देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । हिजो रातीदेखि तारन्तार पखाला चलेपछि सोमबार विहानै नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । काँग्रेसको १३ औं महाधिवेशनको खुल्ला तर्फ केन्द्रिय सदस्य उठेका कोइराला पहिलो नम्बरमा छन् । कोइरालालाई भेट्न नव निर्वाचित महामन्त्री शशांक कोइराला नेतृ सुजाता कोइराला, सभापतिमा पराजित रामचन्द्र पौडेल ...
  • आजदेखि पोखरामा मिनी सार्क Mar 14, 2016 Arthatantramini saarc
    काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को इन्टर समिट आज (सोमबार) पोखरामा सुरु भएको छ । विहीबारसम्म चल्ने विदेशमन्त्री स्तरीय बैठकका लागि सहभागी आउने क्रम जारी छ । सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक यहाँको बिरौटास्थित पाँचतारे पोखरा ग्रान्डमा हुनेछ । सोमबार देखि सहसचिवस्तरीय बैठक चल्नेछ । अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ । बैठकका लागि होटलका ...
  • विराट पेट्रोलियमकाे अनुमति खारेजीको माग गर्दै निगम घेराउ Mar 13, 2016 Arthatantra
    काठमाडाैं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग गर्दै आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ । युनियनका विद्यार्थी बबरमहलस्थित कार्यालयअगाडि भेला भई पेट्रोलियम पदार्थ तथा ग्यासलगायत इन्धनको काठमाडौँ उपत्यकामा आपूर्ति सहज बनाउनसमेत माग गरे । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विराट पेट्रोलियम कम्पनीलाई चलनचल्तीको ...
  • कर्णालीमा खाद्य संकट, यता चामल कुहिंदै Mar 13, 2016 Arthatantrachamal
    काठमाडौं । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ । भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् । खडेरीका कारण उत्पन्न खाद्यान्न ...
  • थाहा पाउनुस् उपत्यकामा आज के हुँदैछ ? Mar 13, 2016 Arthatantrathaha
    काँग्रेस मतगणना – सानेपा … अखिलले आयल नियम घेराउ गर्ने – बबरमहल ९:०० बजे अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति सिंहदरबार ११:०० बजे गरिवी न्युनिकरण सम्बन्धी कार्यक्रम प्रधानमन्त्री जाने – सोल्टी होटल ११:३० बजे खाद्य तथा गुण नियन्त्रणको पत्रकार सम्मेलन – बबरमहल २:३० बजे अखिलले आयल निगम घेर्ने निगम ९ः०० महिला नेतृहरुको अन्र्तराष्ट्रिय सम्मेलन प्रज्ञा भवन अन्तर्राष्ट्रिय सम्वन्ध समिति – सिंहदरबार ११ः०० ज्यास्मिन पेन्ट्सको कार्यक्रम – सांग्रिला होटेल ११ः०० सार्वजनिक ...
  • छात्रावृति कोषमा उप–राष्ट्रपतिले दिए आधा महिनाको तलव Mar 12, 2016 ArthatantraIMG_4596
    काठमाडौं । मगर समाज सेवा केन्द्रले स्थापना गरेको विद्यार्थी छात्रावृति कोषमा उप–राष्ट्रपति पुनले १५ दिनको तलब दिने घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पुनले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनका छात्रवृति कोष स्थापना गर्न उत्यन्तै सराहनिय काम भएको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनका लागि छात्रवृति दिन स्थापना गरेको कोष एक करोड भन्दा बढीको हुने अध्यक्ष मानबहादुर बुढा मगरले बताए । ...
  • तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता : गाैतम Mar 12, 2016 ArthatantraBamdev-Gautam
    भक्तपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई चीनलगायत अन्य तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्ने बताएका छन् । उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु परेकाले अब नाकाबन्दीको विकल्प नेपालले खोज्ने बताए । उनले परिषद्का अस्थायी कर्मचारीलाई स्थायी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए । कार्यक्रममा ...
  • बिहिबार एसिड आक्रमणमा परेकी चौधरीको अवस्था खतरामुक्त Mar 12, 2016 Arthatantraacide
    काठमाण्डौं । दाङको घोराहीमा एसिड आक्रमणमा परेकी  ३५ वर्षीया रिता चौधरीलाई थप उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको छ । बिहिबार साँझ  ७ बजेतिर दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसलमा मास्क लगाएका अपरिचित व्यक्तिले चौधरी माथि  एसिड प्रहार गरेर भागेका थिए । एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा समेत चोट लागेको ...
  • दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद ! Mar 11, 2016 ArthatantraRape
    भक्तपुर । भक्तपुर जिल्ला अदालतले आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ । आज अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो । मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका २० वर्षका एक युवकले आफ्नै २२ वर्षकी दिदीलाई गत कात्तिक १२ गते जबर्जस्ती बलात्कार ...