Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • माटोको ढिस्कोले पुरिएर बझाङमा ३ महिलाको मृत्यु Mar 11, 2016 Arthatantrabajhang
    काठमाण्डौं । बझाङमा शुक्ररबार ३ जना महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ। घर पोत्नका लागि माटो खन्न गएका खिरागडी गाविस २ की ४० वर्षिया कान्तामती कार्की, सोही गाविसकी २८ वर्षिया श्रीमती विष्णादेवि पन्त र ३६ वर्षिया पशुपति कार्कीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए। माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनीहरुको घटनास्थलमा नै ज्यान गएको ...
  • मापदण्डविपरित बनेका ८५ प्रतिशत घरमा अब पानी बिजुली काटिने Mar 11, 2016 ArthatantraElectricity
    काठमाण्डौं । महानगरपालिकाले काठमाण्डौं उपत्यकामा बनेका ८५ प्रतिशत घरहरु मापदण्ड विपरित भएको भन्दै अब त्यस्ता घरहरुमा पानी र बिजुलीको सेवा कटौती गर्ने भएकोछ । यसका साथै भवन निर्माण गर्न १÷२ तलाको नक्सा पास गर्ने तर मन लागी तला थप्ने र भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिनेको हकमा पनि सुविधा कटौती गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएकोछ । नक्सा पास विपरितका घर बनाएर ...
  • फेरी अर्कि महिलामाथि एसिड प्रहार Mar 11, 2016 Arthatantraacide
    दाङ । घोराही नगरपालिका–२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको छ । आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका थिए । एसिडबाट दायाँ गाला र गर्धन पोलिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ । एसिड प्रहार गर्नेको पहिचान भनइसकेको ...
  • खर्बपतिको सूचिमा फेरि बिनोद चौधरी, कति छ सम्पत्ति ? Mar 11, 2016 Arthatantrabinod 1
    काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रुपैयाँ रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उहाँलाई विश्वका अर्बपतिको एक हजार ५७७औं स्थानमा राखेको छ । ...
  • झापाको सुखानीबाट ‘मेची अभियान’ सुरु Mar 10, 2016 Arthatantra-kp-sharma-oli
    झापा । नेकपा (एमाले) मेची अञ्चल कमिटीले झापा विद्रोहका क्रममा पाँचजना योद्धाले सहादत प्राप्त गरेको स्थल झापाको सुखानीबाट आजदेखि ‘मेची अभियान’ सुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । प्रधानमन्त्री ओलीले झापा ऐतिहासिक भूमि भएको र झापा आन्दोलनकै कारण मुलुकमा गणतन्त्र स्थापित भएको बताए । उनले झापा ...
  • औषधिको चरम अभाव कायमै Mar 10, 2016 Arthatantramedicines-l
    तौलिहवा । नाकाबन्दी हटे पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव कायमै छ । सिटामोल, आइरन चक्की, कुष्टरोग र क्षयरोगको सीमित औषधि मात्र स्वास्थ्य संस्थामा रहेको छ । त्यो पनि केही दिन मै सिद्धिदै छ । अत्यावश्यक जीवनजल, डाइजिन एन्टीबाइटीक, मेट्रो, कोट्रिन औषधि सकिएको पनि धेरै समय भयो । लामो समयदेखि औषधि अभाव भएका बेला स्वास्थ्य संस्थामा आपूर्ति नहुँदा सरकारी अस्पताल, प्राथमिक ...
  • खानेपानी मन्त्रीको सम्पत्ति: सात तरवार, पाँच मूर्ति Mar 10, 2016 ArthatantraPrem bdr shingh
    काठमाण्डौं । पानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा प्राचिन मूर्ति पाँच थान, प्राचित खुँडा तरबार सात थान, प्राचिन गुप्त लठ्ठी तीन थान, प्राचिन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ । त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ...
  • पूजा गर्न लगेको आगोले नै बालकको ज्यान लियो Mar 10, 2016 Arthatantraaago
      काठमाण्डौं । दोलखाको भीमेश्वर नगरपाल्किा –७ पिप्लेको एक बालकको पुजा गरेर फालेको आगो सल्कँदा बुधबार ज्यान गएको छ । घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो । आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने ...
  • सडक दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु Mar 9, 2016 Arthatantramotorbike accident
    विराटनगर । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको गएराति मृत्यु भएको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को २२ प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी गम्भीर घाइते भएका थिए । न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ...
  • जब मन्त्री नै सडकमा फोहोर टिप्दै हिँडे … Mar 9, 2016 ArthatantraPrem bdr shingh 1
    काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह बुधबार विहानै नागर्जुन नगरपालिका–१३ स्थित स्युचाटारका सडक र गल्लिमा फालिएका फोहार टिप्दै कुचो लिएर सडकमा निस्कँदा स्थानीयको भीड पनि मन्त्रीकै पछि पछि लस्करै देखिन्थे । स्थानीयबासीकै रुपमा अनौपचारिक पोसाकमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद अफ्ताक आलम र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल पनि कुचो लिएर सडक तर्फ निस्किएका थिए । मन्त्रीको पछि ...