Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बहस : म्यानपावरलाई प्रहरीले कारबाही गर्न हुने कि नहुने ? Mar 4, 2016 Arthatantramanpowr
    गलत गर्नेलाई कारबाही होस् तर कानूनसम्मत होस् : व्यवसायी विदेश पठाउने नाममा म्यानपावरहरुले गरिबका छोराछोरी ठगीरहेको भन्दै प्रहरीले राजधानीका विभिन्न म्यानपावरहरु छापा मारेपछि संविधानले दिएको अधिकारभन्दा बाहिर गएर काम गरेको भन्दै म्यानपावर व्यवसायीहरुले आन्दोलनको चेतावनि दिएका छन् । उनीहरुको प्रश्न छ,– ‘प्रहरीले इजाजत प्राप्त म्यानपावरहरुमा जथाभावी छापा मार्ने अधिकार कहाँबाट पायो ?’ प्रहरीले पनि आफ्नै तर्क अघि सारेको छ । अपराध अनुसन्धान ...
  • भोलिदेखि सिंहदरबारभित्र रहेका ४०० कुकुर व्यवस्थापन गरिने Mar 3, 2016 Arthatantrakukur
    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन सुरु गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी सिंहदरबारभित्र रहेका झन्डै ४०० कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी गराएको हो । भोलिदेखि सुरु गर्न लागिएको उक्त कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररुपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही ...
  • एकसय ७३ ग्यास सिलिन्डर लिलामी ! Mar 3, 2016 ArthatantraGas
    मोरङ । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका एक सय ७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो । गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार ती सिलिन्डर बिक्रीका लागि क्षेत्रीय कार्यालयले ...
  • तोकेभन्दा बढी मूल्य लिने पेट्रोलपम्प सिल ! Mar 3, 2016 Arthatantrapetrol
    सुरुङ्गा । झापाको गौरादहस्थित पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य तोकेभन्दा बढी लिएर उपभोक्ता ठग्ने गरेको पाइएपछि नवदुर्गा आयल स्टोर पेट्रोलपम्पमा हिजो सिलबन्दी गरिएको नेपाल आयल निगमका प्रतिनिधि लोकमणि पौडेलले बताए। जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, नापतौल गुणस्तर नियन्त्रण कार्यालय, विराटनगर र नेपाल आयल निगमबाट खटिएको संयुक्त अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको हो। उक्त पम्पले पेट्रोलियम ...
  • प्रेस चौतारीको आठौं राष्ट्रिय सम्मेलन अब जेठमा Mar 2, 2016 Arthatantrapress chautari
    काठमाडौँ । प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय सम्मेलनको मिति सरेको छ । प्रेस चौतारीको केन्द्रीय सचिवालय बैठकको सर्वसम्मत निर्णय अनुसार राष्ट्रिय सम्मेलन आगामी जेठ ६, ७ र ८ गते काठमाडौंमा गर्ने भएको छ । राष्ट्रिय सम्मेलन यसअघि चैत्र ४, ५ र ६ गते गर्ने निर्णय भएको थियो । नयाँ संविधान अनुकुल संघीय ढाँचा अनुसार बिधान तयारी र अन्य आन्तरिक कामहरु गर्नुपर्ने भएकाले निर्धारित मितिमा ...
  • छ प्याराग्ल्याइडर चालक सहित फेवातालमा खसे Mar 1, 2016 ArthatantraThe participants competitors practise paragliding at Sarangkot, prior to the Paragliding Pre-World Cup, the eight days competition being organised by Nepal Air Sports Association (NAA) and supported by Nepal Tourism Board, from Saturday, in Pokhara, on Saturday, February 27, 2016. Photo: Rup Narayan Dhakal
    पोखरा । यहाँ दिउँसो ठूलो हावाहुरी चलेपछि सराङकोटबाट उडेका छ वटा प्याराग्लाइडर चालकसहित फेवातालमा खसेको छन् । पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी थिए। यसरी सहभागी मध्येका ७ वटा प्लाराग्लाइडर चालक सहित फेवातालमा खस्न पुगेका हुन् । उद्धारमा खटिएका प्रहरीले मौसम खराब भई हुरी चलेका कारण अनियन्त्रित भई सात वटा प्याराग्लाइडर खसेको र सबैलाई उद्दार ...
  • हत्याको विरोधमा बजार बन्द Feb 29, 2016 Arthatantra1-kanchanpur-district
    काठमाण्डौं । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यापारीको हत्याको विरोधमा आज कलुवापुर बजार बन्द गरी व्यवसायी विरोधमा उत्रिएका छन् । आज बिहान बैतडी होटल एन्ड रेस्टुराँका सञ्चालक ४० वर्र्षीय दामोदर अवस्थीको घाँटी रेटेर होटलभित्रै हत्या गरिएपछि व्यवसायी सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका हुन् । तत्काल हत्यारा पत्ता लगाइनु पर्ने, व्यवसायीको भरपर्दो सुरक्षाको व्यवस्था गरिनुपर्ने र मदिराको कारोबारलाई व्यवस्थित गरिनुपर्ने माग राखेर विरोध ...
  • संचालनमा आयो २५ करोड लागतको भवन Feb 29, 2016 ArthatantraShopping Mall
    झापा । बिर्तामोडमा २५ करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न व्यवसायिक भवन ‘चम्लागाई कम्प्लेक्स’ सञ्चालनमा आएको छ। हिजो आइतबारबाट सुरु भएको सात तले चम्लागाई कम्प्लेक्समा लिफ्ट र अग्नि नियन्त्रण प्रणाली पनि स्थापना गरिएको छ । एउटै छानोमुनि ग्राहकले चाहेका र रोजेका हरेक सामग्री खरिदविक्री गर्नसक्ने गरी पूर्ण रुपमा सेवा दिने उद्देश्यले चम्लागाई कम्प्लेक्स संचालनमा ल्याइएको सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए। कम्प्लेक्समा ...
  • होटलभित्रै व्यवसायीको हत्या Feb 29, 2016 Arthatantra1-kanchanpur-district
    काठमाण्डौं । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ । कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका ...
  • प्रहरीकै आडमा बालुवा चोरी Feb 28, 2016 Arthatantrabaluwa
    काठमाण्डौं । भक्तपुर र काठमाडौंको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ । बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीले आरोप छ । मनोहरा खोलाको पेप्सीकोला र सानोठिमी जोड्ने पुलदेखि माथि ...