Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अख्तियारको छानबिनमा १६ सहसचिवसहित २६ अधिकारी Feb 17, 2016 ArthatantraAkhtiyar building 111
    काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका १६ सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानबिनको दायरामा ल्याएको छ । सार्वजनिक ओहोदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्य, डिन, आयोजना प्रमुखलगायत छन् । यी पदाधिकारीसहित अख्तियारले एक सय १८ जना व्यक्तिमाथि अकुत सम्पत्ति छानबिनको कारबाही तीव्र पारेको छ । सम्पत्ति लुकाएको आशंका ...
  • अघि बढ्यो पुरातात्विक सम्पदाको पुनर्निर्माण अभियान Feb 16, 2016 ArthatantraBasantapur
    काठमाडौं । भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण अभियान सुरु भएको छ । पुरातत्व विभागले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने निर्णय गरेको छ । हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबार चीन सरकारले पुनर्निर्माण गर्ने जिम्मा लिएको छ । काठमाडौं उपत्यकासहित देशभरका पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले तयार गरेको कार्ययोजनामा छलफल गर्दै अभियान अगाडी बढाउने निर्णय भएको ...
  • अब चुरोट बिक्री गर्न नपाइने, बिक्री गरे रु १० हजार जरिवाना Feb 16, 2016 ArthatantraCigarette Smoke No smoking
    काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरीत कसैले ...
  • चीन-नेपाल कोरला नाका खोल्न तयारी तीब्र Feb 15, 2016 Arthatantrakorala
    काठमाडौं । सरकारले उत्तरी कोरला नाका खोल्ने तयारी तीव्र बनाएको छ । नाका खोल्ने पूर्वतयारीस्वरूप लोमान्थाङमा सैनिक ब्यारेक, प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका लागि जग्गा छनोट गरिएको छ । नाकाको सुरक्षार्थ नेपाली सेनासमेत तैनाथ हुने भएको छ । यो नाका खोल्ने पूर्वतयारीका रूपमा स्थानीय प्रशासनले काम थालेको र पहिल्यै भएका कार्यालयमा जनशक्ति थप्ने योजनाअनुरूप जग्गा नापजाँच गरिएको प्रजिअ गणेश ...
  • अब गाउँगाउँमा वाइफाइ Feb 13, 2016 Arthatantrawifi
    काठमाडौं ।  सरकारले समग्र विकासका लागि गाउँगाउँमा वाइफाइ पुर्‍याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुशासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको छ । ‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो समयदेखि दर्जन भन्दा बढी ...
  • मानसिक रोगी छोरालाई थुन्न सहकारीबाट ऋण Feb 12, 2016 ArthatantraRSS Photo
    दोलखा । स्थानीय जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् । उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताएका छन् । भाइ छत्रबहादुर ...
  • सुशीलका निजि चिकित्सकले पत्रकार सम्मेलन गरेरै भने Feb 11, 2016 ArthatantraKabirnath yogi
    काठमाडौँ । दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले सिरकमा देखिएको रगत सुइ लगाउँदा आएको बयान सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा ‘ईन्जेक्सन लगाउँदा निस्किएर लुगामा लागेको रगत देखाएर अनेक प्रचार गरियो,’ उनले भने । उनले इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्‍यो भन्दा उहाँले ‘ए बुझें’ भनेर भनेको विषयलाई ...
  • ‘बोक्सो’ आरोपमा हेटौंडामै जलाइयो ८६ वर्षिय बृद्ध Feb 11, 2016 Arthatantra
    काठमाडौँ । ‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलााएर छिमेकीले हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले ‘भेदा बूढा’ को आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन् । कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार ...
  • अमेरिकी पदयात्रीको मृत्यु Feb 8, 2016 Arthatantramustang
    मुस्ताङ । अमेरिकी नागरिक ड्रायन चार्ल्स ब्राम्लेटको मृत्यु भएको छ । पदयात्राको क्रममा घनी गाबिसको उपल्लो भेगको लेकमा आइतबार उनको मृत्यु भएको हो । ५३ बर्षिय ड्रायन चार्ल्स साथमा अन्य तीनजना साथी सँगै थिए । लेक लागेर हो वा चोटपटक लागेर मृत्यु भएको पोष्टमार्टम पछि थाहा हुने प्रहरिले जनाएको छ । मुचुल्काका लागि सदरमुकामबाट घटनास्थल तर्फ प्रहरी टोली गइसकेको छ । शव ...
  • पुशपतिका भट्टलाई विशेष भत्ता : हवाई टिकट र ४० हजार, छोराछोरीलाई १० हज… Feb 8, 2016 ArthatantraPashupatinath Temple
    काठमाण्डौं । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टले वर्षको एक पटक घर जान आउन हवाई टिकटसहित ४० हजार रुपैयाँ पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले भारतको बैंग्लोर घर भएका मुल भट्ट र सहायक भट्टलाई जाने आउने टिकटसहित ४० हजार भत्ता दिने भएको हो । पशुपति क्षेत्र विकास कोषको आइतबारको बैठकले वार्षिक एक पटक घर जाने मूल भट्ट र ...