Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • ६ महिनामै ५० प्रतिशत नाफा कमाउँदै बैंकहरु Jan 28, 2016 Arthatantrabank
    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा खुद नाफा ४० प्रतिशतले बढाएको छ भने सिद्धार्थ बैंकले पनि आफ्रनो नाफा ५० प्रतिशतले बढाएकोछ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ५४ करोड रुपैयाँ खुद नाफा गरेको ग्लोबल आइएमईए बैंकले यो वर्ष ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको हो । ६ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुजी ...
  • ६४ औं भन्सार दिवस : भेटिएन लक्ष्य Jan 28, 2016 Arthatantra0
    काठमाण्डौं । भन्सार विभागले आफ्नो ६४ औं भन्सार दिवसको अवसरमा आर्थिक वर्षको पहिलो ६ महिनामा भन्सार राजस्व लक्ष्यभन्दा ३० अर्ब रुपैयाँले कम संकलन भएको तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७२/७३ को पुस महिना सम्ममा भन्सारले ९३ अर्ब ५३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा ६३ अर्ब १७ करोड रुपैयाँ मात्रै संकलन भएको हो । नाका अवरोधका कारण लक्ष्यअनुसार भन्सार राजस्व ...
  • क्वुपेक युवा अध्यक्षमा रेखा भुजेल Jan 28, 2016 Arthatantra12399318_1060118324033416_1700153722_n
    काठमाडौं । नेपाल विजुली पेण्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्वुपेक)को प्रथम राष्ट्रिय युवा भेलाले रेखा भुजेलको अध्यक्षतामा १३ जना को कार्यसमिति चयन गरेको छ  । उपाध्यक्षामा लाहानु चाैधरी, सचिबमा ऋषिराम नेपाली सहसचिव शेरबहादुर रोक्कालाइ चयन गरिएको छ । सरकार बाट ल्याएको पुननिर्माणको साथै सामाजिक सुरक्षा, सबै श्रमिकको बीमा, उचित ज्याला-मर्यादित कामलगायतको प्रस्ताब पारित गर्दै सम्मेलन सम्पन्न भएको छ  । कार्यक्रममा नेपाल ट्रेड ...
  • तनहुँ दुर्घटनामा सांसद सहित चार घाइते Jan 26, 2016 Arthatantratraffic-sign-6771_960_720
    काठमाडौँ । तनहुँमा भएको कार दुर्घटनामा एकजना सांसदसहित चारजना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा८च ७५९१ नम्वरको कार अनियन्त्रित भएर तनहुँको घाँसीकुवा–२ देउरालीमा दुर्घटना हुँदा कालीकोटका एमाओवादीका सांसद ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाका कारण सांसद शाही सामान्य घाइते भएका छन्। दुर्घटनामा परी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा ...
  • भूकम्प प्रभावित गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई चीनको … Jan 26, 2016 Arthatantranepal china
    काठमाडौं । चीनले सिमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा राहत स्वरुप छुट्टै सहयोग उपलब्ध गराउने भएको छ । भूकम्प प्रभावितका लागि  अत्यावस्यक सामाग्रीहरु सोलार, जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ । नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यान्नका आयोजनाअन्तर्गत गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो । नेपालले दोस्रो वर्षका लागि भूकम्प प्रभावित ...
  • धादिङमा ट्याक्टर दुर्घटना, एक मृत्यु २० घाइते Jan 19, 2016 Arthatantratyaktar
    माघ ५,  धादिङ । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको कुम्पुर गाउँ विकास समितिको परेवाटारमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको ढोला मण्डलीमा पुजा गरेर फर्किएका यात्रुहरु चढेको ट्याक्टर दुर्घटनामा २० जना घाइते भएका हुन् । घुम्तीमा अनियन्त्रीत भइ सडकमै पल्टिदा गजुरी गाउँ विकास समिति वडा नं १ का खड्ग बहादुर उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा परि ...
  • जोरपाटीको पेट्रोल पम्पमा आगलागी, ४ वटा माइक्रो जलेर नष्ट Jan 19, 2016 Arthatantraphoto jorpati
    माघ ५, काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित बेसिगाउँमा रहेको बि एन्ड जी पेट्रोल पम्पको पार्किङमा आगलागी भएको छ।  राती ११ बजे आगलागी हुदाँ ४ वटा माइक्रो पूर्ण रुपमा जलेको छ । २ वटा माइक्रो र १ वटा बोलेरो आशिंक रुपमा क्षति पुगेको छ। बा १ झ ६६११, ९५०४, ९२२९ र ९८६५ नम्बरको माइक्रो जलेर खरानी भएको छ। ती सबै गाडी तेल हाल्न ...
  • सात युवाद्धारा रक्तदान Dec 14, 2015 Arthatantra
    दाङ । दाङका ७ जना युवाहरुले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभावका विषयमा सञ्चारमाध्यममा समाचार आएको सुनेका उनीहरुले आज घोराहीमा रक्तदान गरेका हुन् । युवा अभियानले घोराहीमा आयोजना गरेको स्थानीय योजना निर्माण प्रक्रीया तालिममा सहभागी उनीहरुले रक्तादान गरेका थिए । युवाहरु सविता चौधरी, गौरीशंकर पाण्डे, शेरबहादुर घर्ति, कृष्ण घर्ति, सरिता सिजवाल, बालिका बस्नेत र शीवा चौधरीले रक्तदान गर्नुभएको थियो ।
  • अब लाइनै नबसी इन्धन पाइने Dec 14, 2015 Arthatantra
    काठमाडौं । उपभोक्तालाई सजिलोको लागि नेपाल आयल निगमले अब एसएमएसबाटै इन्धन बिक्रीबारे जानकारी दिने भएको छ । अर्को हप्तादेखि सञ्चालनमा ल्याउने गरी एसएमएस सेवा सुरु गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले यो एसएमएस सेवाको परीक्षण भइरहेको छ । एसएमएस सेवा लागु भएपछि उपभोक्ताले लाइनमा नबसकिनै तेल पाउने प्रवक्ता घिमिरेले बताए । उपभोक्ताले आफ्नै मोबाइलमार्फत एसएमएस ...
  • पेट्रोल पम्पमा रिमोट प्रकरण Dec 14, 2015 Arthatantra
    काठमाडौ । प्रहरीले पेट्रोल पम्पमा रिमोट राखेर ठगी गर्न संस्थागत रुपमा सघाएको आरोपमा गुणस्तर नापतौल विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई काठमाडौंको गौशालामा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनी विभागमा रहँदा चिप्स जोडेर पम्पमा ठगी गर्ने गिरोहलाई संस्थागत रुपमा अघि बढाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक महिना ...