Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • सहकारी पीडितले घेरे बालुवाटार, संचालकलाई कारवाहीको माग Jun 2, 2016 Arthatantrasahakari Cooperative
    काठमाण्डौं । ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । केही दिन अघि मात्र सुधीर बस्नेतले काम गर्ने वातावरण पाऊँ भन्दै निवेदन दिएको थाहा पाएपछि आज उनको कारवाहीको माग गर्दै सर्वसाधारणले बालुवाटार घेराऊ गरेका हुन् । बालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै उनलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् । ...
  • सिटिजन्सले पनि ल्याउने भो ५५ प्रतिशत सेयर ! May 30, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंकले ५५ प्रतिशत हकप्रद जारी गर्ने भएकोछ । एक सूचना जारी गर्दै यस बैंकले शेयरधनी दर्ता किताव बन्द भएको जानकारी सेयर धनी एवं नयाँ लगानीकर्ताहरुलाई दिएको छ । सिटिजन्सले यही जेठ २४ गते हकप्रद शेयर जारी प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् । सिटिजन्सले ...
  • एलआईसीले दिने भो २५ प्रतिशत सेयर र लाभांश May 25, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनश र कर प्रयोजनार्थ १।३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । हिजो मंगलबार राजधानीमा सम्पन्न कम्पनीको चौधौ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ ...
  • व्यवस्थापनले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित May 24, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीमाथि व्यवस्थापनले अभद्र ब्यावहार गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । प्रमुख कार्यकारी अधिकृतले आन्दोलनरत कर्मचारीमाथि उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच विवाद बढेको हो । कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको इन्स्योरेन्स कम्पनी कर्मचारी सङ्घले जनाएको छ । सङ्घका सचिव हंशमान डङ्गोलले कम्पनीको आर्थिक अवस्था सिथिल भएको, आव ...
  • ग्रीन डेभलपमेण्ट बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण शेयर May 23, 2016 Arthatantra
    काठमाण्डौं । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । साधारणशेयर निष्कासनका लागि नियमन निकायबाट अनुमति पाइसकेको बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ४ करोड ४० लाख रुपैया बराबरको आइपिओ जारी गर्ने भएको हो। बागलुङमा मुख्य कार्यालय ...
  • जनताले ल्याउँदैछ १ अर्ब ३ करोड बराबरको सेयर May 20, 2016 ArthatantraJanata bank
    काठमाण्डौं । जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्त पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ ...
  • असार मसान्तभित्रै सेन्चुरीले ल्याउने भो करोडौंको सेयर ! May 19, 2016 Arthatantrabank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा सिभिल क्यापिटलले पाएकोछ । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ । बैंकले असार मसान्त भित्रनै हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । चैतसम्म बैंकसँग २६ ...
  • सहकारीले खोले दूध सङ्कलन, प्रशोधन उद्योग, मन्त्रीले गरे उद्घाटन May 19, 2016 ArthatantraDairy Business in Nepal
    कलैया । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष पुनदेव रौनियारको सभापतित्वमा भएको समारोहमा पूर्वमन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, सांसद बलवीर चौधरी र सांसद मधु शाहीले उद्योगबाट यस क्षेत्रका पशुपालक कृषकले सहयोग पाउने बताएका थिए । ६ जेठ २०७३, १०।००
  • ठगी गरेको आरोपमा सहकारीकी संचालक पक्राउ May 17, 2016 Arthatantrasahakari Cooperative
    राजविराज । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने ...
  • प्रभु बैंकले कमायो चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा May 13, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले चैतसम्म ७५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको हो । अघिल्लो वर्षसम्म सञ्चालन नोक्सानमा रहेको यो बैंकले गत चैतसम्म ५२ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यसले बैंकको व्यापार बढेको देखाउँछ । यो वर्ष व्याज आम्दानी २२ करोड रुपैयाँ बढेर एक ...