Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • सेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने ! May 13, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । सेयर बाँडफाँड भएको ५ दिनमा पैसा फिर्ता गर्नुपर्ने व्यवस्था अनुरुप मेरो माइक्रोफाइनान्समा शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । मेरो माइक्रोमाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको थियो । ६ लाख १२ हजार कित्ता सेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा ...
  • १० महिनामै सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ May 12, 2016 Arthatantrashare
    काठमाण्डौं । चालू आर्थिक वर्षको १० महिनामै सेयर कारोबार १ खर्ब रुपैयाँ नाघेको छ । यो हालसम्मको उच्च कारोबार हो । गत असारदेखि बुधबार (वैशाख २९ गते) सम्मको सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत आर्थिक वर्षमा (१२ महिनामा) ६६ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो ...
  • नेपाल बैंकले एक अर्व ५७ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दै ! May 11, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले हकप्रद सेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । बैंकले ५६ औं साधारण सभाका लागि बुधवार एजेण्डा सार्वजनिक गर्दै यसै वर्ष चुक्ता पुँजी आठ अर्व पुर्याउन सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकसँग अहिले छ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ। हकप्रदबाट ...
  • विकास बैंकले ल्यायो ४ लाख ५० हजार कित्ता साधारण सेयर ! May 11, 2016 Arthatantragreen dev bank
    काठमाण्डौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारण सेयर निष्कासनको अनुमति पाएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । बैंकले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ ...
  • कृषि विकास बैंकको नाफा १ अर्ब २१ करोड ! May 9, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले एक अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको चैतमा एक अर्ब एक करोड नाफा गरेको थियो । बैंकले ब्याज आम्दानीमा गरेको बृद्धि तथा सम्भावित नोक्शानी ब्यवस्थापनबाट केही रकम फिर्ता भएकाले नाफा २० करोड रुपैयाँले बढेको हो । बैंकले तीन अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकसँग सर्वसाधारणको ८३ ...
  • माछापुच्छ्रे बैंकले १८ करोड र नेपाल एसविआई बैंकले १२ करोड नाफा बढायो May 7, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष अघिल्लो वर्षको तुलनामा १८ करोड रुपैयाँ नाफा बढाएको हो । चैत मसान्तसम्म बैंकले ६२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड एक लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ३० करोड रुपैयाँ व्याज आम्दानी बृद्धि गर्यो । बैंकले चैत मसान्तसम्म एक अर्ब ३१ करोड रुपैयाँ खुद व्याज ...
  • एनआइसी एशियाको २५ प्रतिशत हकप्रद सेयर बजारमा May 6, 2016 Arthatantrabank
    काठमाण्डौं । एनआइसी एशिया बैंक ले निष्काशनको प्रस्ताव गरेको २५ प्रतिशत हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । गत माघ १० मा भएको बैंकको साधारण सभाले बैंकको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेर धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको थियो । २ अर्ब ५६ करोड रुपैंया चुक्ता पूँजीको ३९ प्रतिशत बोनस शेयर बितरण गरि अहिले चुक्ता ...
  • इन्स्योरेन्सले दिने भो २५ प्रतिशत बोनस, सेयर मूल्य प्रति कित्ता करिब ४… May 5, 2016 ArthatantraLIC
    काठमाण्डौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको चैत मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोडले नाफा बढाएको छ । नाफा कमाएसँगै यसले २५ प्रतिशत बोनस दिने भएकोछ । २५ प्रतिशत बोनस पाउनका लागि कम्पनीको शेयर कारोबारमा चाप बढेको छ । २ दिन अघिसम्म बढेको कम्पनीको शेयर मुल्य पछिल्ला २ दिनमा घट्दा बुधबार ३ हजार ९ सय ९९ ...
  • मेगा बैंकले दिने भो २५ प्रतिशत सेयर, ग्लोबल आइएमई क्यापिटलले बाँड्ने May 4, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ। मंगलबार सम्पन्न भएको मेगा बैंकको पाँचौं साधारणसभाले हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो। हकप्रद सेयर निष्काशनका लागि मेघा बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक समेत नियुक्त गरेको छ। बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत अनुपमा खुन्जेलि तथा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट ...
  • राष्टिय वाणिज्य बैंक उत्कृष्ट आईटी प्रयोगकर्ता ! May 3, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट सुचना प्रविधि प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ । बैंकले सरकारी क्षेत्रमा उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको हो । त्यस्तै प्रोफेसनल कम्प्युटर सिस्टमले निजी क्षेत्रको उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ । हिजो सोमबार आइसिटी दिवसको उपलक्ष्यमा सो पुरस्कार दिइएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सो पुरस्कार प्रदान गरे । २१ बैशाख २०७३, ९।००