Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • सानिमाको नाफा ६० प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६७ करोड कमायो Apr 22, 2016 Arthatantrasanima bank
    काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ६० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले सो अवधिमा निक्षेप संकल तथा कर्जा प्रवाह दुवै बढाएको छ । निक्षेप संकलन ३४ प्रतिशतले ...
  • ५५ प्रतिशत हकप्रद सेयर जारी हुँदै ! Apr 19, 2016 Arthatantra
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले बैशाखभित्रै हकप्रद सेयर जारि गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर जारि गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने नीति अनुसार हकप्रद जारि गरेर पुँजी बढाउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले जानकारी दिए । बैंकले हकप्रद सेयर जारी गर्न सञ्चालक ...
  • सिटिजन्सको नाफा ७२ करोड ४७ लाख Apr 19, 2016 Arthatantraprofits
    काठमाण्डौं । सिटिजन्स बैंकले चालु वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा यस वर्षको नौ महिनामा बैंकको नाफा २६ करोड रुपैयाँ बढेको हो । यही अवधिमा गत वर्ष बैंकले नौ महिनामा ४५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्यालेन्सिटको आकार नै निकै बढेको छ । निक्षेप तथा कर्जामा ...
  • सेयरको डिम्याट खाता अब मोबाइलबाटै हेर्न मिल्ने Apr 18, 2016 Arthatantrademat account
    काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकमा सेयरका लागि हितग्राही अर्थात डिम्याट खाता खोलेकाहरुले मोवाइल एप्सबाट नै खाताको विबरण हेर्न सक्ने भएका छन् । यस अघि नै ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट एप्सलाई परिमार्जन गरि डिम्याट खाताको विबरण पनि सोही एप्सबाट हेर्न सकिने बनाइएको हो । यसका लागि ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता भएका लगानीकर्ताहरुको ग्लोबल आइएमई ...
  • बैंकमा लगानीसँगै सेयर बजारले तोड्यो रेकर्ड Apr 14, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नयाँ वर्षको पहिलो दिन नै पुँजी बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । नेप्सेले पहिलो दिन १७ अंकको छलाङ मारेर १४०५.७८ अंकमा पुगेकोछ । लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएपछि बजार बढ्न पुगेको हो । यसले नेप्सेमा नयाँ रेकर्ड बनाउन मद्दत गरेको हो । बिहीबार कारोबार भएका प्रमुख १० कम्पनीमा नेपाल टेलिकम र एशिएन लाइफ बाहेक बाँकी बाणिज्य बैंक छन्। वाणिज्य ...
  • इन्भेष्टमेण्ट बैंकले यसरी बाँड्दैछ आज सेयर ! Apr 12, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज हुँदैछ । धितोपत्र बाँडफाँड निर्देशिका अनुसार साना र ठुला लगानीकर्ताको वर्गिकरण गराएर यो सेयरको बाँडफाँड हुँदैछ । नेपाल इन्भेष्टमेण्ट बैंकको खाता विबरण उल्लेख गराएका सबै आवेदकको शेयर नपरेको पैसा सिधै बैंक खातामा जम्मा हुने व्यवस्था छ । ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ...
  • नेपाल बैंकमा खाता नखोले भूकम्पपीडितले पैसा नपाउने ! Apr 11, 2016 ArthatantraNepal Bank
    धुन्चे । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदाय माझ वितरण गर्न रसुवामा प्रक्रिया सुरु भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच हिजो सम्झौता भएको हो । हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई ...
  • नेपाल इन्भेष्टमेण्ट बैंकले ३० गते सेयर बाँड्दै Apr 10, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड चैत ३० गते मंगलबार हुने भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार शेयर बाँडफाँडको मोडेल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट शेयर बाँडफाँडको स्विकृति आए पछि मंगलबार शेयर बाँडफाँड गर्ने तयारी कोषले गरेको हो । जानकारीमा आए अनुसार, यो एफपीओबाट साना लगानीकर्ताले ३३ प्रतिशत शेयर पाउने ...
  • सेयरको रकम ४ दिनभित्रै खातामा जम्मा गर्न निर्देशन Apr 7, 2016 Arthatantracheque
    काठमाण्डौं । सेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै सेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अनुसार गर्न निर्देशन गरेको छ । स्वचालित कारोबार प्रणाली लागु भएपछि सेयर किनबेच भएको तीन कार्य दिन अर्थात चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा सेयर दलाल कम्पनीको ...
  • धादिङका भूकम्पपीडितको राहत रकम सहकारीको पोल्टामा ! Apr 5, 2016 Arthatantrasahakari Cooperative
    धादिङ । विभिन्न संघसस्थाले भूकम्पपीडितलाई वितरण गरेको सहयोग रकम जिल्लाको नलाङ स्थित स्थानीय सहकारीले अनियमितता गरेको भेटिएको छ । भूकम्पपीडितको अनुमतिबिना उनीहरूले पाउने राहत रकम कट्टा गरी सहकारी सञ्चालकले सेयर सदस्य बनाएका छन् । भूकम्पबाट प्रभावित जिल्ला धादिङको नलाङ गाउँ विकास समितिमा डेनिस चर्च एडको आर्थिक सहयोगमा धनगढीस्थित जनचेतना तथा युवा जागरण मञ्च–नेपाल (फाया) ले निम्न आय भएका र अति विपन्न ...