Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
सहकारी
  • प्रभु बैंककै नाममा आजबाट प्रभु र ग्राण्डको एकिकृत कारोबार Feb 12, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । आज शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्न लागेका प्रभु बैंक र ग्राण्ड बैंकले आफ्नो बैंकको नाम प्रभु बैंक राखेका छन् । बुधबार र बिहीबार बन्द रहेको यी दुई बैकहरुले यस अघि मंगलबार अर्द्धवार्षिक वित्तीय विवरण प्रकाशन गरेका थिए । जस अनुसार गत वर्ष घाटामा रहेको ग्राण्ड बैंकले १४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बताइएको थियो भने प्रभु बैंकको नाफा १४ ...
  • दुई बैंकको नाफा घट्यो Feb 12, 2016 Arthatantrabank
    काठमाण्डौं । स्टाण्डर्ड चार्टर्ड बैंक एवं एभरेष्ट बैंकको नाफा घटेको छ । गत वर्षको पुस मसान्तको तुलनामा यी दुई बैंकको नाफा क्रमशः तीन करोड र दुई करोड रुपैयाँले घटेको हो । स्ट्याण्डर्ड चार्टर बैंकले गत वर्ष ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष ६१ करोड ३० लाख रुपैयाँमा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी घट्दा त्यसको असर खुद ...
  • एलआइसीको नाफा ६ महिनामा १४ करोड Feb 11, 2016 ArthatantraLIC
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार करोड रुपैयाँ बढी हो । कम्पनीले बीमा लेखको धितोमा दिएको कर्जा र लगानी तथा कर्जाबाट आम्दानी बढाएको हो । बीमा लेखको धितोमा दिएको कर्जाबाट १३ करोढ ५६ लाख रुपैयाँ ...
  • सहकारीको ऋण तिर्न नसक्दा १४ वर्षदेखि जंगलको बास Feb 7, 2016 ArthatantraCooperative pic
    भारत । सहकारीको ऋण तिर्न नसक्दा एक व्यक्ति १४ वर्षदेखि जंगलको बास भएका छन् । स्थानीय सहकारी संस्थाबाट लिएको ५० हजार ४ सय भारु ऋण तिर्न नसक्दा सहकारीले उनको २।२९ एक्कड जमिति लिलाम गरिदिएपछि उनी विगत १४ वर्षदेखि जंगलमै आफ्नो गाडीभित्र बसिरहेका छन् ।   भारतको कर्नाटक राज्यको दक्षिणाखंड जिल्लामा पर्ने सुलिया गाउँका चन्द्रशेखर गौडा नामका ती व्यक्तिले नेल्लुरु कामराजे सहकारीबाट सन् ...
  • दिगो पर्यटन सहकारी संस्था ७ औं बर्षमा Feb 6, 2016 ArthatantraDigo paryatan cooperative
    काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ । किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दियो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिक उत्सव ...
  • सहकारीमा अंकुश लगाउँदै सरकार Feb 4, 2016 Arthatantra
    काजी श्रेष्ठ काठमाडौं । सहकारी अभियानलाई अंकुश लगाउने नयाँ सहकारी ऐन २०७२ आउन लागेको छ । सहकारीमा वित्तिय अपराध बढेसंगै सरकारले सहकारीलाई अंकुश लगाउने खालको ऐन निमार्ण गरी कानुन निमार्णको प्रक्रियामा अघि बढाएको छ । ऐनको मस्यौदामा समावेश गरिएको केही बुँदाले सहकारीलाई अंकुश लगाउन खोजीएको प्रष्टै हुन्छ । सहकारी तथा गरीबी निवारण मन्त्रालयले ऐनको मस्यौदा माघ १० गते नै क्याविनेटमा पेश गरिसकेको ...
  • सहकारीले नाफा कमाउँदैमा राम्रो मानिन्न Jan 30, 2016 ArthatantraShiva bhandari
    लामो समयदेखि राजनीतिमा सक्रिय शिव भण्डारी धादिङका किसान आन्दोलनका अगुवामध्येका एक हुन् । कृषिको व्यवसायीकरणलाई मुलमन्त्र बनाएर धादिङका साना किसानहरुको स्तरवृद्धि गर्न भण्डारीले ठूलो योगदान पु¥याएका छन् । भण्डारी हाल साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष हुन् । २०५२ सालमा समुह नंं. २१ मा समुह सदस्य भएर साना किसानहरुलाई संगठीत पार्दै उनी ४ कार्यकाल साना किसान सहकारी संस्था बैरेनीको ...
  • सानिमा बैंकले ल्यायो अनलाइन खाता खोल्ने सुविधा Jan 8, 2016 Arthatantra
    काठमाडौँ । सानिमा बैंकले देशभित्र र वाहिर रहेका नेपाली नागरिकहरुका लागि अनलाइन खाता खोल्ने सुविधा उपलब्ध गराएको छ । ग्राहकहरुले अब खाताको फर्म डाउनलोड गर्ने र भर्ने झन्झट गर्नु पर्दैन । सानिमा बैंकको वेबसाइटमा गई बचत खाता खोल्न सकिन्छ । अनलाइनबाट सम्पूर्ण बिवरण बुझाएको अर्को कार्य दिनमा ग्राहकले खाता नम्बर पाउनेछन् । थप सहयोग आवश्यक परेमा ग्राहकले ‘Connect’ बिकल्पमा गएर आफ्नो सम्पर्क ...
  • “आईएमई वचत दश लाख” योजनाका विजेताद्धारा पुरस्कार ग्रहण Dec 17, 2015 Arthatantraime
    काठमाडौ । आईएमई ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल आईएमईले दशैं र तिहारमा प्रस्तुत गरेको “आईएमई वचत दश लाख” योजनाका बम्पर विजेतालाई १० लाख रुपैंया बराबरको चेक हस्तान्तरण गर्दै बम्पर बिजेता बृजेश यादवले शान्ति यादवलाई ईच्छाईएको व्यक्तिमा छनोट गरेका थिए । आफ्नो स्थापना देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका ...
  • मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’ Dec 16, 2015 ArthatantraMega-Credit-Card
    काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत संचालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ...