Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • आजबाट सुरु भयो नेपाल टेलिकमको फोर जी, थ्रिजीभन्दा १० गुणा छिटो Jan 1, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखराबाट चौथोपुस्ता (फोरजी) को मोबाइल सेवा आरम्भ गर्ने जानकारी दिएको छ। नेपाल टेलिकमले मोबाइलमा बहुप्रतिक्षित फोर जी सेवा आजदेखि संचालनमा ल्याउने भएको छ। संचारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्। नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो। ...
  • न्यूरोड मोबाइल महोत्सव २०७३ सुरु,न्यूरोड छिर्ने प्रत्येकलाई उपहार ! Dec 28, 2016 ArthatantraNewroad Mobile Mahotsab
    काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म ( डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) आयोजना गरिरहेको मोबाइल महोत्सवको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरे । सूचना तथा संचार मन्त्री कार्कीले न्यूरोड ...
  • “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने नाराका साथ न्यूरोड मोबा… Dec 25, 2016 ArthatantraNewroad mobile mahotsab 2017
    काठमाडौं । मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर न्यूरोड मोबाइल महोत्सव २०७३ आयोजना हुन लागेको छ । नेपालका सम्पूर्ण मोबाइल व्यवसायीहरु समेटिएको नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा न्यूरोड मोबाइल महोत्सव २०७३ आयोजना गर्न लागेको हो । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा ...
  • टेलिकमको रणनीतिक साझेदार सम्झौता Dec 22, 2016 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो । बोलपत्रमार्फत छनोट भएको उक्त कम्पनीसँग मङ्गलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनको तर्फबाट रोहन ...
  • पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध, लाखौं सेवाग्राही मर्कामा Dec 1, 2016 ArthatantraNTC-Logo
    खोटाङ। नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् । सञ्चार सेवा अवरुद्ध भएपछि ...
  • नेपालीमा आइफोन–सेभेनको क्रेज, तीन दिनमा १८ सय ३० वटा बिक्री ! Nov 23, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ । कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न ...
  • आज र भोलि नेपाल टेलिकमको मोबाइल सेवा डिस्टर्व हुने ! Nov 18, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमले बिलिङ सिस्टम परिवर्तन गर्नुपर्ने भएकोले आज मंसिर ३ गते शुक्रबार रातिदेखि भोलि मंसिर ४ गते शनिबारसम्म मोवाईल सेवा प्रभावित  हुने बताएको छ। टेलिकमले एक सुचना जारी गर्दै कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा रुपान्तरण गर्नुपर्ने भएकोले उक्त समयमा सेवा प्रभावित हुन सक्ने जनाएको छ। भाइस कल, डाटा,रिचार्ज तथा वाइम्याक्स सेवा प्रभावित हुनेसँगै नयाँ कार्ड सुचारु सेवा पनि बन्द हुने ...
  • बजारमा आइपुग्यो आइफोन–सेभेन, मूल्य ९१ हजारदेखि १ लाख ३५ हजासम्म ! Nov 14, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा बहुप्रतिक्षित एप्पल आइफोन– सेभेनको बिक्री सुरु भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन–सेभेनको नेपालमा बिक्री सुरु गरेको हो । कम्पनीले हिजो आइतबारदेखि आइफोन–सेभेनको बुकिङ खुला गरिसकेको र आउँदो शुक्रबार काठमाडौंको बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आइफोन–सेभेनको मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ ...
  • के तपाई पैसा जोगाउन नसकेर या अन्य कुराले तनावमा हुनुहुन्छ ? एकपटक यो प… Nov 10, 2016 ArthatantraNTC-Logo
    काठमाण्डौं । के तपाई पैसा जोगाउन नसकेर हैरान हुनुहन्छ ? या त तपाई आफ्नो मोटोपन घटाउन नसकेर चिन्तित हुनुहन्छ ? अब ढुक्क हुनुहोस् । किनकी नेपाल टेलिकमले अब तपाईलाई यी दुबै र अन्य प्रकारका तनावहरुबाट पनि छुट्कारा दिनेछ । टेलिकमले सेवाग्राहीका लागि निशुल्क अनलाइन कोर्स सुरु गरेको छ । विश्वमा नै प्रसिद्ध लोकप्रिय एकेडेमी कोर्स निशुल्क प्रदान गर्ने भएपछि यी र ...
  • तपाईको जिल्लालाई फ्रिवाईफाई जिल्ला बनाउने हो ? यसरी जुटाउन सकिन्छ पैसा… Nov 6, 2016 Arthatantrawifi-free
    नेपालका अधिकाँस स्थापनमा इन्टरनेट नभएकै कारण धेरै मानिसहरुले विश्वभरका सम्पूर्ण जानकारी लिन सकिरहेका छैनन् । उनीहरु सूचनाबाट पनि पछि परिरहेका छन् । तर अब जिल्लालाई नै फ्रिवाईफाई जिल्ला बनाएर सबैमाझ विश्वलाई जोड्ने अभियान प्रवासबाट सुरु भएको छ । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ ...