Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
सूचना प्रविधि
  • आजबाट एनसेलको नाइट एसएमएस प्याक सञ्चालनमा Jun 15, 2016 Arthatantra
    काठमाडौं । एनसेलले आज बेलुका १० बजेदेखि लागु हुने गरि ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्ने बताइएको छ । नाईट एसएमएस प्याक यही बुधबार (असार १) ...
  • एनसेलको चितवनमा रहेको टावरमा आगजनी ! Jun 13, 2016 Arthatantra
    चितवन । शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा यहाँको भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले ...
  • अब टिभीले नै भगाउँछ लामखुट्टे Jun 8, 2016 Arthatantrazika virus
    दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले एक नयाँ टिभी सेटको सिरिज सार्वजनिक गरेको छ। यस टिभीले लामखुट्टेलाई भगाउने कम्पनीले जनाएको छ। यसमा भएको अल्ट्रासोनीक प्रणालीले लामखुट्टेलाई टाढा राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। यसमा ध्वनी तरङ्ग प्रविधिको प्रयोग गरिएको छ जसले कुनै प्रकारको हानीकारक रेडिएसन उत्पन्न नगरी लामखुट्टे भगाउने काम गर्छ। प्रकाशितः २०७३ जेठ २६
  • संस्थापक जुकरबर्ग फेसबुकबाट विदा हुँदै ! Jun 4, 2016 Arthatantra-zuckerberg
    काठमाण्डौं । फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो । अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ ...
  • कर नतिरेसम्म एनसेलको पुँजी बृद्धि र नयाँ स्किम रोक्न निर्देशन Jun 3, 2016 Arthatantra
    काठमाडौँ । व्यवस्थापिका संसदको अर्थ समितिले मोबाइल कम्पनी एनसेलले कर नतिर्दासम्म नयाँ प्याकेज स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले नेपालको ठूलो निजी मोबाइल कम्पनी  एनसेलले कर चुक्ता नगरेसम्म नयाँ प्याकेज ल्याउन र पूँजी वृद्धि गर्ने प्रक्रियालाई स्वीकृत नगर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एनसेललाई छिटोभन्दा छिटो कर तिर्न समेत निर्देशन दिएको छ । बैठकमा सहभागी ...
  • फेसबुक म्यासेन्जरमा पनि सुरक्षा फिचर आउँदै Jun 2, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं ।  फेसबुकले म्यासेन्जरमा ‘इन्ड टु इन्ड इनक्रिप्शन’ फिचर ल्याउने भएको छ। यस फिचरले प्रयोगकर्तालाई प्राइभेसी (गोपनियता) प्रदान गर्ने छ। म्यासेन्जरले केही महिना भित्रमा ‘अप्ट इन’ इनक्रिप्शन कम्युनिकेशन मोड दिने ‘द गार्डियन’ पत्रिकामा उल्लेख गरिएको छ। यस अघि ह्वाट्स एप र भाइबरले यस फिचरको यो फिचर लागू गरी सकेका छन्। प्रकाशितः २०७३ जेठ २०
  • फेसबुकजस्तै वेबसाइट पनि ह्याक May 30, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । उत्तर कोरियामा फेसबुकको ‘क्लोन’ (Clone) ह्याक भएको छ। ‘स्टारकोन’(Starcon) नाम दिइएको यो वेबसाइट अनलाईनमा राखिने वितिक्कै ह्याक गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्। यस वेबसाइटमा विश्वका कुनै पनि ठाउँबाट एकाउन्ट बनाउन सकिन्छ। यस वेवसाइको नाम इन्टरनेट प्रदायक कम्पनी ‘स्टार’ को नामबाट राखिएको हो। तर यसलाई कसले बनाएको हो भन्ने जानकारी हालसम्म पनि प्राप्त नभएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। प्रकाशितः २०७३ जेठ १७
  • रोबटजस्तै स्मार्टफेन बजारमा May 28, 2016 Arthatantraphone
    जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ । यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने ...
  • पूर्ण सरकारी स्वामित्वको नेपाल टेलिभिजन १ अर्ब १५ करोड रुपैयाँ घाटामा … May 27, 2016 ArthatantraNepal Television
    काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१र०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले ३१ करोड ७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । तर, कुल ...
  • एनसेलले ल्यायो लास्टै ठूलो अफर : हजार रिचार्ज गर्दा हजारै बोनस May 22, 2016 Arthatantra
    काठमाण्डौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने योजना ल्याएको छ । कम्पनीले सोमबारदेखि लागु हुने गरी एनसेल लास्टै ठूलो अफर योजना ल्याएको हो । ग्राहकले दुर्इ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भदौं ४ गतेसम्म लागु हुनेछ । बोनस ...