back
NMB ad

सेयर बजारमा एनआरएन एवं विदेशीलाई भित्र्याउन धितोपत्र बोर्डको निर्देशन

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि आटोमेटेड कारोवार प्रणाली भित्र्याउन धितोपत्र वोर्डले निर्देशन दिँदै नेपाली बजारमा एनआरएन एवं विदेशी लगानीकर्तालाई भित्र्याउन एवं विश्वसनीय वातावरण तयार पार्न भनेको छ ।

क्रस वोर्डर ट्रेडिङ÷लिस्टिङ (अन्तरदेशीय कारोबार तथा सुचीकरण), गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई नेपालको पुँजी बजारमा प्रवेश गराउनका लागि उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि आवश्यक भएको औंल्याउँदै बोर्डले यस्तो निर्देशन दिएको हो ।

विश्व पुँजी बजारको अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको स्थितिमा नेपालको धितोपत्र बजारमा समेत त्यसै अनुसार प्रणाली भित्राउन आवश्यक भइसकेको वोर्डको तर्क छ । वोर्डले भनेको छ– धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय प्रणालीसँग सामनजस्य हुने र टेस्टेड सिस्टम भित्राउनेतर्फ पहल गर्न निर्देशन दिइएको छ ।

नयाँ प्रणालीमा जाँदा लगानीकर्ताले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै बजारको विस्तारमा थप सहयोग पुग्ने वोर्डले निर्देशनमा उल्लेख गरेको छ ।

प्रकाशितः बिजमाण्डु, ३ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत ३ बुधवार १२:३० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...