Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • हकप्रद र बोनस सेयरका लागि … Dec 14, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौं । सप्तकोशी डेभलपमेण्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले पुस ८ गते आफ्नो बुक क्लोज गर्ने भएका छन् । यी दुई बैंकको साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् । जसमा सप्तकोशीले हकप्रद सेयर र मिथिला लघुवित्तले बोनस सेयर वितरणको प्रस्ताव पास गर्ने भएका छन् । सप्तकोशी डेभलपमेण्ट बैंकले १ः१ अनुपातमा आफ्ना सेयर धनीहरुका लागि हकप्रद सेयरको प्रस्ताव पास ...
  • लिलामीमा रहेको सेयर किन्न… Dec 13, 2016 Arthatantrashare share
    काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको चार हजार पाँच सय २८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा अहिले बेच्न लागिएको हो । यो लिलामी सेयरको आवेदन पुस १ गतेदेखि बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी निवेदन दिनुपर्नेछ । आवेदन ...
  • विकास बैंकको २३ हजार ६ सय ५ कित्ता सेयर बिक्रीमा, पुस १४ देखि आवेदन दि… Dec 13, 2016 Arthatantrabank
    काठमाण्डौं । पौष १४ गतेदेखि आवेदन दिन मिल्ने गरी साहारा विकास बैंकले २३ हजार ६ सय ५ कित्ता सेयर लिलाम बढाबढमा बिक्रिका लागि शिलबन्धी बोलपत्र आह्वान गरेको छ । बैंकले हकप्रदबाट नबिकेको १७ हजार ७ सय संस्थापक सेयर र ५ हजार ९ सय ५ कित्ता साधारण सेयरहरु बिक्री गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । ...
  • १३ अंकले घट्यो सेयर बजार, तर नडराउनुहोस् केही कम्पनीले कमाए १० प्रतिशत… Dec 12, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । आज सेयर कारोबार खुलेको साताको दोस्रो दिन सेयर बजार सुचक १३ अंकले ओरालो लाग्न पुगेछ । तर यसरी सूचक घट्दा पनि दुई कम्पनीले भने १० प्रतिशत हाराहारी सम्पति बढाएका छन् । हिमालयन डिस्ट्रिलरी लिमिटेड र एनबी इन्स्योरेन्सका लगानीकर्ताको सम्पति १० प्रतिशत हाराहारी बढेको हो। आज सेयर बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँ पुगेको छ भने ...
  • बैंकको ६७ हजार ७ सय ६७ कित्… Dec 12, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले ६७ हजार कित्ता प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न नेपाल एसबिआई बैंकलाई स्वीकृति दिएको छ । योसँगै बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्ने भएकोछ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन भएसँगै बोर्डले एफपीओ निष्काशनका लागि अनुमति दिएको हो । सुरुमा प्रतिकित्ता ९ सय ८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव ...
  • दश लाख कित्ता साधारण सेयर सूचिकृत गरेको कम्पनीको आजबाट सेयर कारोबार सु… Dec 12, 2016 Arthatantraopen-for-business share
    काठमाण्डौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । यस कम्पनीले गतसाता मात्रै नेप्सेमा दश लाख कित्ता साधारण सेयर सूचिकृत गराएको थियो । कम्पनीको नेप्सेमा एनएमएफबिएस कोड बाट कारोबार हुनेछ । अहिले कम्पनीको सुरुवाती मूल्य प्रतिकित्ता १६९ रुपैयाँदेखि ५०६ रुपैयाँ तोकिएको छ । धादिङमा मुख्य कार्यालय रहेको कम्पनीले तीन करोडको आइपिओ जारी गरेर चुक्तापूँजी ...
  • खुल्यो हाइड्रोको दुई करोड ६० लाख बराबरको प्राथमिक सेयर, तपाई पनि पर्नु… Dec 11, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले दोलखाका आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त सेयर निष्काशन गरेको हो । कम्पनीले २ करोड ६० लाख रुपैंयाको सेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । ...
  • सेयर बजारमा तीन अर्ब बढीको… Dec 10, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साता बजारमा रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० ...
  • लगानीकर्तालाई सहजताःअब १ कित्ता सेयर पनि किनबेच गर्न सकिने(नेप्सेको वि… Dec 10, 2016 Arthatantrabuy hold sell sign share stock
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबको एक महिनापछि एक पटकमा एक कित्ता सेयरको पनि किनबेच गर्न सकिने गरि सिष्टमको अपग्रेड हुँदै गरेको जनाएको छ । नेप्सेको विज्ञप्तीअनुसार नियमित कारोबारमा बजारमा मूल्य प्रभावित नहुने गरी १० कित्ताभन्दा कमको समेत किनबेच हुन सक्ने व्यवस्था मिलाउनको लागि सिष्टम निर्माता कम्पनी कमड्याकको स्थानिय प्रतिनिधि वाइसीओ प्रालिलाई निर्देशन दिइसकेको छ । स्टक एक्सचेन्जले पुँजी ...
  • तपाईको खाता कुन बैंकमा छ ? सेयरमा खाताबाटै लगानी गर्न क वर्गका बैंकमा … Dec 9, 2016 Arthatantrabank_account
    काठमाण्डौँ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो । बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो ...

[aas_zone zone_id=”6988″]