Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

सेयर बजार
  • आज पनि सेयर बजारमा गिरावट, सबै सूचक झर्दा एउटा समूह भने ११ अंकले उक्लि… Sep 28, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजारमा लगातार गिरावट आइरहेकोछ । आज बुधबार पनि सेयर बजार ४.६२ अंकले झरेको छ । सूचकका साथसाथै बजारमा कारोबार रकमसमेत झरेको छ । दिनभरीमा १३६ कम्पनीका ७५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार ओर्लिए पनि उत्पादनमूलक र अन्य सुचक भने उक्लिएको छ । उत्पादनमूलक ११ अंक र अन्य समूह आधा अंकले उक्लिएको हो । आज ...
  • इन्स्योरेन्सको सेयर छ ? दि… Sep 28, 2016 Arthatantra
    काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन बाँकी छ । चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ भएको कम्पनीको वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ । कम्पनीले गत आर्थिक बर्ष १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । १२ ...
  • सेयर बजार : के तपाई सानो या … Sep 28, 2016 Arthatantrahelp for share market
    सेयर बजारमा लगानी गर्ने सोच राख्नुभएकोछ या त तपाईले लगानी गरिसक्नुभयो ? के तपाई नयाँ लगानीकर्ता हो ? या तपाई सानो लगानीकर्ता हो । यदि तपाई सेयर बजारमा हुने दैनिक घटबढले विचलित हुनु भएकोछ भने नआत्तिनुहोस् हामी तपाईको सहजताका लागि नै यो लेख तयार पार्दैछौं । यदि तपाई नयाँ एवं साना लगानीकर्ता हो भने तपाईले यासे गर्नुहोस्, अहिले कम्पनीहरुको गत बर्षको ...
  • सेयर बजारमा आज सूचक र कारोबार दुबै घट्दा एभरेष्ट बैंकमा झुम्मिए लगानीक… Sep 27, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आइतबार ३६ अंकले घटेर सोमबार २६ अंकले बढेको बजार आज मंगलबार ३।३८ अंकले झरेर बन्द भएको छ । यसका साथै आज जम्मा ७५ करोड ७२ लाख रुपैयाँको मात्र किनबेच भएको छ । आज अन्य सबै सूचकहरु घटेको भए पनि सेयर लगानीकर्ताहरुको आकर्षण एभरेष्ट बैंकको सेयरमा देखिएको छ । बजारमा एभरेष्टले बम्पर लाभांस घोषणा गर्ने चर्चा चलेपछि आज सबैभन्दा बढी ...
  • आजबाट खुल्यो बिकास बैंकको … Sep 27, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ । ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको ...
  • तयार हुनुहोस् नेपाल बंगलादेश बैंकले ल्याउँदैछ, ८० प्रतिशत हकप्रद र ३२ … Sep 27, 2016 ArthatantraNepal Bangladesh Bank
    काठमाण्डौं । नेपाल बंगलादेश बैंकले आगामी कार्तिक ८ गते बाईसौ साधारणसभा गरी ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा र बोनस सेयर बितरण प्रयोजनका लागि असोज १९ गते सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय सार्वजनिक गरेको छ । असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने र साधारणसभामा ...
  • कुमारी बैंकको ५० प्रतिशत ह… Sep 26, 2016 Arthatantrashare
    काठमाडौं । कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।बैंक सञ्चालक समितिको आइतबार बसेको बैंठकले राष्ट्र बैंकले तोकेको आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । एनसीसी बैंकसँग मर्ज भाँडिएपछि लामो समय गुमनाम जस्तै बसेको बैंकले अन्ततः पुँजी बढाउन ५० प्रतिशतको आकर्षक हकप्रद प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता ...
  • सिद्धार्थको सेयर छ ? दिँदै… Sep 26, 2016 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर दिने भएको छ । विगत तीन वर्षदेखि लाभांश सिदन नसकेको बैंकले गत वर्षको नाफाबाट भने वोनस सेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्तापुँजी एक अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्ष ३३ करोड ...
  • विकास बैंकले ल्यायो ३ लाख ५४ हजार कित्ता सेयर, असोज १४ बाट भर्न मिल्ने… Sep 25, 2016 Arthatantrashare success
    काठमाण्डौं । सहारा विकास बैंक लिमिटेडले असोज १४ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले तीन लाख ५४ हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो । बैंकले डेढ सय प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरका सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । कम्पनीको सेयर कात्तिक १८ गतेसम्म भर्न पाइन्छ । यो ...
  • विकास बैंकले १२० प्रतिशत हकप्रद ल्याउँदै, धितोपत्रले पनि दियो स्वीकृति… Sep 23, 2016 Arthatantraeconomic-growth-
    काठमाण्डौं । सेवा बिकास बैंकले एकसय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट हिजो स्वीकृति पाएको हो । सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अधिल्लो आर्थिक बर्षको तुलनमा साढे ४३ प्रतिशतले बढी हो । ४२ ...

[aas_zone zone_id=”6988″]