back
NMB ad

अनुदानको विरुवाबाट ३ अर्बको आँप

Kumari bank ad

जनकपुर । मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब तीन अर्ब रूपैयाँको आँप फल्ने अनुमान छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २ सय ७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७ सय ९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो १ सय रूपैयाँमा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले गरेका छन् ।

गतवर्ष जिल्लामा दुई हजार २ सय ५५ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा २७ करोड ३६ लाख ५० हजार रूपैयाँको पाँच हजार ४ सय ७३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ । व्यापारीले किसानको खेतमै गएर बगैँचा ठेक्का लिने गरेका छन् ।

सरकारले अत्यधिक आँप उत्पादन हुने लवटोली, यज्ञभुमी, गोदार, भरतपुर, पुष्पवलपुर, धनुषधाम, लक्ष्मी निवास, ढल्केवर, बटेश्वर, भूइँचक्रपुरलगायतका गाउँमा किसानलाई ५० प्रतिशत अनुदानमा आँपको बिरुवा उपलब्ध गराएको थियो ।

यहाँका किसानले बम्बई, माल्दा, कलकतिया, आम्रपाली जातको आँपखेती गर्ने गरेका छन् । उत्पादित आँप स्थानीय बजारसहित काठमाडौँ, पोखरा, नेपालगञ्ज, बुटवल, भैरहवा र सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ । रासस

३ चैत २०७२, ७.००

वि.सं.२०७२ चैत ३ बुधवार १२:१५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...