back
NMB ad

अन्डर- १९ विश्वकपमा पहिलो पटक नेपाल विजयी

Kumari bank ad

काठमाडौं । बंगलादेशमा  जारी अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई नेपालले पराजित गरेको छ । टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गर्दै  सनसनिपूर्ण नतिजा निकालेको छ ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ रन खर्चेका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २सय ३८ रन बटुलेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।

यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।

पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो ।

न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेका थिए ।

प्रकाशित मिति २०७२/१०/१४/बिहीबार ३:३०

वि.सं.२०७२ माघ १४ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...