back
NMB ad

अब अरबबाट फोन गर्दा ८ रुपैयाँ ८० पैसा मात्र

Kumari bank ad

काठमाडौं । संयुक्त अरब इमिरेट्सको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तोमा कल गर्न सकिने भएको छ।

कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने छ।

उक्त अफर मार्च १ अर्थात फागुन १८ गतेदेखि तीन महिनासम्म लागू हुनेछ। नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी Etisalat कम्पनीले उक्त अफर लागू गरेको हो।

यस छुट अफरबाट युएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन्। यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट ६० फिल्स अर्थात करिब १७ रुपैयाँ ६० पैसा रहेको छ। नेपालबाट युएईमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ।

प्रकाशित: बिजमाण्डु, २१ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १०:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...