back
NMB ad

अब एनजिओ र आइएनजिओले पनि सम्पत्ति देखाउनु पर्ने

Kumari bank ad

काठमाण्डौँ । सरकारबाट अनुदान, ऋण वा लगानी भएका गैरसरकारी संस्था, सहकारी, स्थानीय स्तरका समिति लगायत कुनै पनि निकाय र त्यहाँका पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानले सम्पत्ति विवरण भर्न निर्देशन दिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०४९को दफा २ को (ग)ले सार्वजनिक संस्थाको परिभाषा भित्र पारेका जुनसुकै निकाय र त्यहाँका पदाधिकारीले अनिवार्य सम्पत्ति विवरण भर्न अख्तियारले निर्देशन दिएको हो ।

ऐनको उक्त दफामा सार्वजनिक संस्थाको परिभाषा दिएको छ। सार्वजनिक संस्था र पदाधिकारी समेतलाई अख्तियारले कारबाही चलाउन सक्ने ऐनमै उल्लेख छ।

उक्त ऐनमा सार्वजनिक संस्था भन्नाले ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति वा प्रचलिन कानून बमोजिम नेपाल सरकारद्वारा स्थापीत आयोग, संस्थान, प्राधिकरण, निगम प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद यस्तै प्रकृतिका अन्य संगठित संस्था हुन्’ भनिएको छ। कानुनमा सरकारको लगानी रहेको विश्वविद्यालय,प्राज्ञिक वा अनुसन्धानमूलक संस्थालाई समेत सार्वजनिक संस्था भनिएको छ।

यसै दफालाई टेकेर अख्तियारले सुरुमा सार्वजनिक संस्था वा पदाधिकारीले सम्पत्ति विवरण भर्न निर्देशन दिएको हो। यस्ता संस्थाका पदाधिकारीले अनियमीतता गरे अख्तियारले कारबाही गर्न सक्छ।

१२ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन १२ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...