back
NMB ad

अमेरिकी अर्थतन्त्रको असरमा सुन : भाउ घट्दै

Kumari bank ad

काठमाण्डौं । निकै उक्लिएको सुनको भाउ क्रमश घट्न थालेको छ । वुधबार सुन तोलाको ५५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । तपाई अहिले सुन किन्न खोज्दै हुनुहुन्छ भने दुई महिना कुर्दा राम्रो, किन भने अन्तर्राष्ट्रिय सुचकहरुले सुनको भाउ राम्रैसँग घट्ने देखाएको छ ।

ग्लोबल इक्विटी बजारमा सुधार आउनुका साथै लगानीको माग घटेका कारण सुनको भाउ घट्न सुरु भइसकेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)को वैठक गए रातीबाट सुरु भएको छ, जुन आज रातीसम्म चल्ने छ ।

फेड वैठकले ब्याज दर बढाइदियो भने सुनको भाउ राम्रैसँग घट्छ । यस वाहेक अन्य थुप्रै कारण छन् जसले सुनको भाउ आगामी दिनमा घटाउँदैछ ।

अहिले वैश्विक अर्थव्यवस्थामा सुधार देखिएको छ । गएको शुक्रबार अमेरिकी बजार २०१६ को उच्चतम बिन्दुमा पुगेर बन्द भएको छ । जनवरीयता अमेरिकी अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिइरहेका छन् । अमेरिकामा निर्माण खर्च आठ बर्ययता कै उच्च भएको छ । फरवरी महिनामा दुई लाख ४२ हजार वटा नयाँ जागिर खुल्यो जुन पछिल्लो सात बर्षयताकै धेरै हो ।

अमेरिकी अर्थतन्त्रमा सुधार आएकाले फेड वैठकले ब्याज दर घटाउने सम्भावना लगभग छैन । यस बर्ष सुन १६ प्रतिशतले महँगिसकेकाले घट्ने सम्भावना रहन्छ । फेडले ब्याज बढायो भने सुन घट्न थाल्छ नै स्थिर राखेमा पनि अन्य परिसुचकको दवावमा सुनको मूल्य घट्ने लगभग निश्चित छ ।

पछिल्लो समयमा आएर डलर फेरि कमजोर हुन थालेको छ । यसको असर पनि सुनको भाउमा पर्छ । कतिपय बस्तु तथा सेवाको खरिदविक्री सुनबाट भुक्तानी गरेर पनि हुन्छ । केही साताअघि एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ नाघिसकेको थियो, अहिले घटेर १०८ रुपैयाँको हाराहारीमा छ ।

प्रकाशितः बिजमाण्डु, ३ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत ३ बुधवार १२:२१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...