back
NMB ad

व्यवसायिक टिम लिएर आचार्य समूह निर्वाचनमा

Kumari bank ad

काठमाडौं । नेपाल एसोसियसन अफ् टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२ औं वार्षिक साधारणसभा तथा निर्वाचन माघ ३ गते होटल याक एण्ड यतिमा हुँदैछ ।
डीबी लिम्बू नेतृत्वको दुई वर्षे कार्यकाल समाप्त भए लगत्तै नयाँ कार्यसतितिका लागि हुन लागिएको निर्वाचनमा भने तीन वटा प्यानल देखिएको छ । नाट्टाका पूर्वप्रथम उपाध्यक्ष मधुसुदन आचार्य, वर्तमान महासचिव मिहिका धाख्वा र वर्तमान प्रथम उपाध्यक्ष शम्भुराज पाठक निर्वाचनको मैदानमा छन् । सहमतीय नेतृत्वका लागि लामो कसरत भएपनि तीनै जनाले आफ्नो हठ नत्यागेका कारण त्रिपक्षीय भीडन्त हुन लागेको हो । तीनै जनाले आफ्नो प्यानलसहित घरदैलो कार्यक्रम गर्दै आएका छन् । नाट्टामा मतदाताहरु ४ सय ५४ रहेका छन् । निर्वाचन नजिकिदै जाँदा आचार्य समूहले आफ्ना सम्पूर्ण सदस्यहरुको परिचयसहितको बायोग्राफि सार्वजनिक गरेको छ ।

मधुसूदन आचार्य, अध्यक्षका उम्मेदवार
प्रमुख कार्यकारी अधिकृत, डाइनामिक सर्भिस
नुवाकोट जिल्लामा जन्मिनुभएका मधुसूदन आचार्य विगत तीन दशकदेखि पर्यटन क्षेत्रमा समर्पित व्यक्तित्व हुनुहुन्छ । उहाँ नाट्टा निर्वाचन–२०१६ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । उहाँको पर्यटन क्षेत्रमारहेको लामो अनुभव आफंैमा पर्यटन क्षेत्रको लागि एउटा सम्पत्तिका रुपमा स्थापित छ । आचार्य एयरलाइन्स, ट्राभल एजेन्सी, कार्गाेलगायत पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले पर्यटन क्षेत्रसँगै ट्राभल र टूर प्रविधिमैत्री हुन नसक्नु समस्याका रुपमा रहेको बताउनुहुन्छ ।
अबका दिनमा उहाँ प्रविधिको भरपूर उपयोग गरी विभिन्न संघसंस्था, व्यवसायी र सरोकारवाला निकायहरुसँगको समन्वयबाट साझा समस्याको पहिचान गर्दै नयाँ योजनाका साथ सबै क्षेत्रलाइ एक ढिक्का बनाएर व्यवसायको प्रबद्र्धन, नाट्टाका सदस्य कम्पनीहरुको भलाई र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने गरी आफूले काम गर्न चाहेको बताउनुहुन्छ ।
विगतमा आचार्यले नाट्टा कार्यसमितिका विभिन्न भूमिकामा कुशल नेतृत्व निर्वाह गरेका कारण नै उहाँलाई अधिकांश पर्यटन व्यवसायीले विशेष रुचाउँछन् । अहिले पनि सम्पूर्ण व्यवसायीलाई गोलबन्द गर्दै नाट्टामा आबद्ध व्यवसायीको हितमा आफूले काम गर्ने आचार्यको प्रतिबद्धता रहेको छ । १७ जनावरी २०१६ मा हुन गइरहेको नाट्टा निर्वाचनमा आफ्नो समूहलाई मतदान गरी भारी मतले विजयी गराउनुहुन उहाँ ट्राभल तथा टूर व्यवसायीहरुलाई आग्रह गनुहुन्छ ।

सिएन पाण्डे, प्रथम उपाध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, सम्राट टुर्स एण्ड ट्राभल
व्यवस्थापन संकायमा स्नातक सि.एन. पाण्डे सन् १९९० देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । अर्घाखाँचीमा जन्मिनुभएका पाण्डे नाट्टा पश्चिमाअञ्चल संघ हुँदै नाट्टाको विभिन्न भूमिकामा रहेर प्रभावकारी ढंगले काम गर्दै आउनुभएका सफल र परिचित व्यवसायी हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगाल्नुभएका पाण्डेले पोखरा चितवनजस्ता पर्यटकीय क्षेत्रमा आफ्नो व्यवसायलाई दरिलो ढंगबाट स्थापित गराउनुभएको छ । भारतीय बजारमा राम्रो छवि छाड्न सफल पाण्डेले हाल खस्केको पर्यटक आगमनको संख्या बृद्धि गर्न छिमेकी भारतीय र चिनियाँ पर्यटक आकर्षित गर्ने विशेष प्याकेज कार्यक्रमहरु अगाडि बढाउनुपर्ने खाँचो औल्याउनुहुन्छ ।
नाट्टामा २०१० मा कोषाध्यक्ष, २०१४ मा द्वितीय उपाध्यक्ष निर्वाचित हुनुभएका उहाँ दुबै कार्यकालमा व्यवसायीहरुको मन जित्न सफल हुनुहुन्छ । पर्यटन क्षेत्रको लामो अनुभव, व्यवस्थापकीय क्षमता, सक्रियता र मिजासिलोपन नै पाण्डेका सबल पक्ष हुन् । यही कारण नाट्टामा उहाँको उपस्थिति अनिवार्यजस्तै रहेको छ । दुई दशक लामो उहाँको अनुभवलाई देश, पर्यटन क्षेत्र र सबै व्यवसायीको हितमा लगाउनुपर्ने खाँचो देखिएको छ ।

दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा), द्वितीय उपाध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, डिके ट्राभल एण्ड टुर्स
संखुवासभामा जन्मिनुभएका दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा) २०४० सालदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । इन्डियन गाइड हुँदै टिकेटिङ्मा लाग्नुभएका उहाँ सन् २००२ देखि निरन्तर नाट्टामा सक्रिय हुनुहुन्छ । संस्थामा आवश्यकता महसुस हुँदा संस्था बाहिर रहेर पनि सघाउन सकिन्छ भनेर उहाँ सन् २०१४ देखि पछिल्लो कार्यसमितिमा कार्यसमिति बाहिरै रहेर नाट्टालाई सहयोग गर्दै आउनुभएको छ । कानुनका विधार्थी शर्माको उपस्थिति नाट्टाको छवि सुधार्नमा लागि महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरुको अभिमत रहेको छ । व्यवस्थापकीय सक्षमताकै कारण टिकेटिङका क्षेत्रमा २००५ देखि २०१२ सम्म उहाँको कम्पनी उत्कृष्ट ५ मा रहिआएको थियो । हाल नाट्टामा उपस्थित भएर सदस्यहरुमाझ देखिएको टिकेटिङ, टूर र ट्रान्सपोर्ट क्षेत्रका समस्याहरु समाधान गरेर व्यवसायीको हकहितमा लाग्ने उहाँको प्रतिबद्धता रहेको छ । नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा उहाँले विभिन्न २५ वटा मुलुकको भ्रमण गर्नुभएको छ ।

भीमप्रसाद पन्त, महासचिवका उम्मेदवार
प्रबन्ध निर्देशक, म्याग्निफिसिएन्ट ट्राभल एण्ड टूर
नाट्टाको यसअघिको कार्यसमितिमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसक्नुभएका र संस्था एवम् व्यवसायीको हकहितका पक्षमा काम गर्दै आउनुभएका भीमप्रसाद पन्त मधुसूदन आचार्य समूहमा महासचिव पदका उम्मेदवार हुनुहुन्छ । धादिङको गजुरीमा जन्मिनुभएका पन्तले एसएलसी दिएर काठमाडौ छिरेसँगै सन् १९८९ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । यस अघिको कार्यकालमा नाटामा रहेर व्यवसायिक हकहितमा लाग्नुभएका कारण नै उहाँलाई महासचिवको उम्मेदवारका रुपमा प्रस्तुत गरिएको छ । पर्यटन प्रबद्र्धनका सिलसिलामा उहाँले अमेरिका जर्मनी, डेनमार्क, स्वीडेन, फ्रान्स, चीनलगायत २० वटा देशको भ्रमण गरिसक्नुभएको छ । टुरिज्म डेभलपमेन्ट बैंक स्थापना गर्ने परिकल्पनाकारमध्ये एक उहाँले विभिन्न सामाजिक र अन्य संघसंस्थामा पनि नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । नेपाल पर्यटन बोर्डको अनियमितता छानविन गरी निष्कर्षमा पु¥याउन महत्यपूर्ण भूमिका निर्वाह गर्नुभएका पन्त विनम्र व्यक्तित्व र मिजासका हुनुहुन्छ । व्यवसायिक हकहितका निम्ति नाट्टामा उहाँको नेतृत्वदायी भूमिका अनिवार्य रहेको पर्यटन व्यवसायीहरुको अभिमत रहेको छ ।

Madu-team

सुधीरकुमार उपाध्यय, सचिवका उम्मेदवार
प्रबन्ध निर्देशक, आमा ट्राभल्स
पर्यटन क्षेत्रमा २३ वर्ष लामो जीवन व्यतीत गर्नुभएका सुधीरकुमार उपाध्याय अब्बल पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । व्यवस्थापनमा स्नातक उहाँ विगतमा दुई कार्यकाल नाट्टाको नेतृत्वमा रहिसक्नुभएको छ । दुईपटक कार्यकारी सदस्य भएर काम गरिसक्नुभएका उपाध्याय पर्यटन व्यवसायीहरुमाझ अनुभवी पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । आफू नाट्टाको पदाधिकारी भएपछि सबै पर्यटन व्यवसायीहरुलाई एकजुट बनाएर लैजाने उहाँको प्रतिबद्धता रहेको छ । नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा उहाँले विभिन्न १६ देशको भ्रमण गरिसक्नुभएको छ । मृदुभाषी स्वभावका उपाध्यायको सक्रियताले नाट्टामा थुप्रै सकारात्मक परिवर्तन आउने आम पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।

चित्रबहादुर गुरुङ, कोषाध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, मेगावाइट ट्राभल एण्ड टुर्स
नाट्टाको कार्यसमितिमा रहेर सफलतापूर्वक कार्य सम्पादन गरिसक्नुभएका चित्रबहादुर गुरुङ कास्कीमा जन्मिनुभएको हो । गुरुङ समुदायबाट पर्यटन क्षेत्रमा सक्रिय उहाँ कानुनका स्नातक (एलएलबी) हुनुहुन्छ । सन् १९९५ देखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङले यसअघि नाट्टाको कार्यसमितिमा रहेर निर्वाह गर्नुभएको सक्रिय भूमिकाको सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको पाइन्छ । पर्यटन क्षेत्रको विकासका लागि नाट्टामा उहाँको उपस्थिति अनिवार्य रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । हवाई क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटाउन फ्री भिसा फ्री टिकटको अहिलेको प्रणालीलाई व्यवस्थित गर्न, सदस्यबाट उठाएको रकमलाई व्यवस्थित गर्न र नाट्टालाई नयाँ स्रोतबाट रकम उपलब्ध गराउदैं यसको छवि सुधार्न कोषाध्यक्षका रुपमा उहाँले जिम्मेवारी पाउनुपर्ने आम पर्यटन व्यवसायीहरुको चाहना रहेकोछ ।

सविता भट्टराई केसी, सह–कोषाध्यक्षका उम्मेदवार
प्रबन्ध निर्देशक, एरो ट्राभल्स एण्ड टुर्स
समाजशास्त्रमा स्नकोत्तर सविता भट्टराई केसी विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । २०२९ सालमा काठमाडौंमा जन्मिनुभएका उहाँ नाट्टाको पूर्व सदस्यको रुपमा व्यवसायिक हकहितमा काम गर्ने अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ ट्राभल र टूर क्षेत्रलाई जहिल्यै राजनीतिबाट मुक्त र व्यावसायिक हकहितमा क्रियाशील गराउनपर्ने मान्यता राख्नुहुन्छ । आफू जहिले पनि पेशागत अधिकारको पक्षमा लाग्ने भन्दै उहाँले नाट्टाजस्तो संस्थामा सह–कोषाध्यक्षको भूमिकामा रहेर प्रत्येक ३÷३ महिनामा त्यहाँको हरहिसाबल पारदर्शी गराउने अभियानमा लाग्ने बताउनुहुन्छ । महिला सशक्तिकरणमार्फत पर्यटन क्षेत्रको विकासका लागि लाग्ने उहाँ पर्यटन क्षेत्रमा एउटा उदाहरणीय पात्र हुनुहुन्छ ।

शीतलकुमारी शर्मा पौडेल, सदस्यका उम्मेदवार
मार्केटिङ डाइरेक्टर, नेपाल ड्रिम ट्राभल सर्भिस
म्याग्दी जिल्लामा जन्मिनुभएका शितलकुमारी शर्मा पौडेल सन् २००४ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । चिनियाँ भाषाको राम्रो अध्ययन गर्नुभएक उहाँले चाइना कम्युनिकेसन युनिभर्सिटीबाट चिनियाँ भाषामा स्नातकोत्तर गर्नुभएको छ । छिमेकी देश चीनका पर्यटकको आगमनले नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण सकारात्मक प्रभाव पार्ने विश्वासका साथ नाट्टामा उहाँको उपस्थिति अझ महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरुको ठम्याई रहेको छ ।

विनय बस्नेत, सदस्यका उम्मेदवार
प्रबन्ध निर्दशक,कोशी टुर्स एण्ड ट्राभल
नाट्टाको वर्तमान कार्यसमितिमा रहेर व्यवसायीक हकहितमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएका विनय बस्नेत एकजना अब्बल पर्यटन व्यवसायी हुनुहुन्छ । टिमवर्कलाई प्राथमिकता दिनुहुने बस्नेत काम गर्न पदविशेष नै नचाहिने मान्यता राख्दै टान निर्वाचन २०१६ मा पुनः सदस्यको उम्मेदवार हुनुहुन्छ । काठमाडौंका स्थायी बासिन्दा उहाँ आफ्ना नातेदारको सहयोगले सन् १९९१ देखि पर्यटन क्षेत्रमा सक्रिय रहिआउनुभएको छ । अर्थशास्त्रमा स्नातक बस्नेतले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा २५ वटा देशको भ्रमण गरिसक्नुभएको छ । लायन्स क्लब इन्टरनेशनलका विभिन्न ओहदामा रहेर काम गरिसक्नुभएका उहाँ सामाजिक अभियन्ताको रुपमा विशेष परिचित हुनुहुन्छ । नाट्टा सदस्यमा उहाँको उम्मेद्वारीलाई पर्यटन क्षेत्रका स्थापित र पाका व्यवसायीहरुले ज्यादै सकारात्मक रुपमा लिएका छन् ।

युवराज सुवेदी, सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, पि एण्ड वाई ट्राभल एण्ड टूर
पाँचथरमा जन्मिनुभएका युवराज सुवेदी विगत २१ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । १० वर्ष अन्य ट्राभल एजेन्सीमा काम गरेर आफ्नै कम्पनी स्थापना गरेपश्चात् निरन्तर यसै क्षेत्रमा सक्रिय उहाँ पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासमा निरन्तर क्रियाशील हुनुहुन्छ । नाट्टाको सदस्यका रुपमा अनुभवी, जोसिला र अत्यन्त सक्रिय कार्यशैलीका उहाँको उपस्थिति यस क्षेत्रमा देखिएका समस्याहरुको निराकरणमा महत्वपूर्ण सावित हुने आम पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।

लक्ष्मण लम्साल, सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, मकालु एड्भेञ्चुअर ट्राभल एण्ड टूर
दाङको तुल्सीसपुरमा जन्मिनुभएका लक्ष्मण लम्साल सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय र चिरपरिचित हुनुहुन्छ । पर्यटन क्षेत्रमा केही गरौं भन्ने जोशसहित अगाडि बढ्दै आउनुभएका लम्सालको उपस्थितिले नाट्टामार्फत पर्यटन विकासमा ज्यादै महत्वपूर्ण हुने निश्चित छ । ट्रेकिङ हुँदै ट्राभल र टूर क्षेत्रमा लाग्नुभएका उहाँले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा २५ वटाभन्दा बढी देशको भ्रमण गरिसक्नुभएको छ । लायन्स क्लबमार्फत सामाजिक सेवामा पनि उत्तिकै सक्रिय उहाँ आम व्यवसायीहरुको हकहितमा निरन्तर सक्रिय रहिआउनुभएको छ । नाट्टामा सदस्यको रुपमा उहाँको उपस्थितिले नयाँ पुस्तालाई यो क्षेत्रप्रति थप आकर्षित गर्न योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ ।

बरुण मेहता, सदस्यका उम्मेदवार
निर्देशक, वल्र्डडे टुर्स एण्ड ट्राभल्स
चितवनमा २०२८ सालमा जन्मिनुभएका बरुण मेहता विगत २७ वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर उहाँ पर्यटन क्षेत्रको व्यवसायिक विकास र लोभलाग्दो जीवनशैलीका कारण यस क्षेत्रमा आकर्षित र सक्रिय रहिआउनु भएको छ ।
नेपालको पर्यटन धेरै समस्याहरुका बीच अगाडि बढेको यस अवस्थामा छिमेकी देशबाट राम्रो फाइदा लिनसकिनेमा विश्वस्त हुनुहुन्छ । चिनियाँ भाषा र संस्कृतिको विज्ञका रुपमा समेत चिनिने उहाँ व्यवसायिक रुपमा नेपालमा चिनियाँ पर्यटक भित्र्याउनेहरुमा अब्बल मानिनुहुन्छ । नेपालको बाह्य पर्यटक भित्र्याउन नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा थुपै्र समस्या भोगेको यस अवस्थामा व्यापार सहजीकरणमा आवश्यक भूमिका निभाउन प्रतिबद्ध हुनुहुन्छ । व्यवसायिक सिलसिलाको क्रममा विश्वका २६ देशको भ्रमण गरिसक्नुभएको छ । मेहता अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धनमा दख्खल राख्नुहुन्छ । आप्नो लामो अनुभव, योग्यता र क्षमताले नै पर्यटन क्षेत्रका हरेक जिम्मेवारी बहनको क्रममा सफल हुने विश्वास राख्नुहुन्छ ।

हरिभक्त श्रेष्ठ
प्रबन्ध निर्देशक, होलिल्याण्ड एड्भेञ्चुअर टुर्स
पर्यटन क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गर्नुभएका पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ यस क्षेत्रमा सदैव सकारात्मक परिवर्तन चाहने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । प्रष्ट भिजन राख्ने, व्यवसायीको हकहित र पीडालाई नजिकबाट बुझेर समाधानका लागि सक्दो रुपमा लागिपर्ने नाट्टाको कार्यसमितिमा उहाँको उपस्थितिलाई व्यवसायिक हकहितका पक्षमा अर्थपूर्ण हुने ठानिएको छ । वाणिज्यशास्त्रमा स्नात्तक उहाँले नेपालको पर्यटन प्रबद्र्धनको सिलसिलामा एक दर्जनभन्दा धेरै देशको भ्रमण गरिसक्नुभएको छ ।

रामकुमार बाराकोटी, सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, नेपाल सोसियल टुर्स एण्ड ट्राभल्स
धादिङमा जन्मनुभएका रामकुमार बाराकोटी विगत १० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । टिकेटिङबाट यस क्षेत्रमा आउनुभएका बाराकोटीले इन्टरनेशनल ट्राभल मार्टहरुमा सहभागी हुँदै नेपालको पर्यटन बजार प्रबद्र्धनको सिलसिलामा २३ वटा देशको भ्रमण सकिसक्नुभएको छ । भूकम्प र नाकाबन्दीपछि संसारभरि नेपालका सम्बन्धमा फैलाइएको प्रचारबाजीलाई चिरेर सकारात्मक सूचना प्रवाह गर्न अत्यन्त सक्रिय भूमिका खेल्दै आउनुभएको छ । पर्यटन क्षेत्रको विकासका लागि नाट्टामा बाराकोटीको सक्रियता आवश्यक रहेको पर्यटन व्यवसायीहरुको चाहना रहेको छ ।

घनश्याम घिमिरे, सदस्यका उम्मेदवार
प्रबन्ध निर्देशक, सिनिक माउन्टेन ट्राभल्स एण्ड टुर्स
खोटाङ जिल्लामा जन्मिनुभएका घनश्याम घिमिरे सन् १९९८ देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उच्च शिक्षा अध्ययन गर्ने क्रममै विभिन्न ट्राभल एजेन्सीमा रहेर सेवा गर्दै आउनुभएका उहाँ हाल सिनिक माउन्टेन ट्राभल्स एण्ड टुर्सको प्रबन्ध निर्देशक हुनुहुन्छ । व्यवस्थापनमा स्नातक उहाँ लायन्स क्लब नेपाल र कैलाश यात्रा संचालक संघलगायत सामाजिक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । नाट्टा सदस्यको लागि उहाँको उम्मेदवारीलाई पर्यटन क्षेत्रको विकासमा सबै पर्यटन व्यवसायीहरुले ज्यादै सकारात्मक रुपमा लिएका छन् ।

वि.सं.२०७२ माघ १ शुक्रवार १७:३२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...