back
NMB ad

‘आर्थिक विकास उच्च प्राथमीकतामा’ उपप्रधानमन्त्री कमल थापा

Kumari bank ad

परमेश्वर बर्तौला

हेटौँडा । उपप्रधान परराष्ट्र, संघियमामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले वर्तमान सरकारले आर्थिक विकास उच्च प्राथमीकतामा राखेको बताउनुभएको   छ ।

राष्ट्रिय औधोगीक व्यापार मेलाको आज हेटौँडामा उदुघाटन गर्नुहदै थापाले  सरकारको यो कदमलाई साथ दीन निजि क्षेत्रले तत्परता देखाउनुपर्ने   बताउनुभयो । देशको पछिल्लो अघोषीत नाकाबन्दीको अवस्थामा नीजि क्षेत्रले खेलेको सकारात्मक भुमीकाको प्रशंग जोड्दै थापाले त्यस कठीन अवस्थालाई सम्झीएर  अघिबढे आर्थिक समृद्धी टाढा नरहेको उल्लेख गर्नुभयो ।  उद्योगीहरुले खेप्नुपरिरहेको लोडसेडिङलाई ईकीत गर्दै थापाले आधारभुत रुपमा एकबर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरि सरकारले काम गरिरहेको जानकारी दीनुभयो । ‘२ बर्ष भित्र लोडसेडिङबाट मुक्ती पाईन्छ–थापाले भन्नुभयो–१० बर्ष भित्रमा १० हजार मेगावाट बिद्युत उत्पादन गर्नेगरी सरकारले काम थालेको छ ।’

यसैबिच, उपप्रधानमन्त्री थापाले मकवानपुरमा नया औधोगीक क्षेत्र थप्ने तयारी भैरहको जानकारी दीनुभएको छ । हेटौडा उपमहानगरपालीका मयुरधापमा तीन सय विगाह क्षेत्रफलमा छीट्टै औधोगीक क्षेत्र निर्माणको निर्णय गरीने बताउनुभयो । अर्को प्रशंगमा परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले छीमेकीको विकासबाट साथ लिए आर्थीक विकास गर्नुपर्ने बताउनुभयो । ‘साझा संमृद्धी गाढा मीत्रता नै दुई देशबिचको सम्बन्ध सुधारको मुल आधार हो–थापाले भन्नुभयो ।

kamal thapa

औधोगीक व्यापार मेला उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान,सांसद रामनारायण विडारी , सुबासचन्द्र ठकुरी, मध्यमाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, उद्योगसंघका अध्यक्ष नवराज अर्याल, राजनितिक दलका तर्फबाट भिमसेन महत, उद्योग बाणीज्य संघ मकवानपुरका अध्यक्ष राजकुमार न्यौपाने लगाएतले बोल्नुभएको थियो ।

मेलामा तीन सय ९२ वटा स्टल रहेको छ ।   १५ वटा विशेष, २१ वटा उद्योग, पाँच वटा बैंक तथा बीमा, छ वटा हस्तकला, ५० वटा जुत्ता तथा विविध, कृषि क्षेत्रका लागि २० वटा, विज्ञान प्रविधि क्षेत्रका २६ वटा र अटो क्षेत्रका १७ वटा स्टल  छ ।

मेलाको एक प्रमुख आकर्षणको रुपमा रहेको वैष्णोदेवी मन्दिर, चिडियाघर र डाइनोसरको प्रतीक अवलोकनका निमित्त छुट्टै स्टल छ । मेलाका प्रमुख आकर्षणमा हेलिकोप्टरबाट सिटी टुर, एकल गायन प्रतियोगिता, हेटौंडा आइडल, पञ्चैबाजा प्रतियोगिता, बालमेला, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान र खाना महोत्सव छन् ।

करिब ८० लाख खर्चेर आयोजित मेलामा गाडीको शहरका रुपमा परिचित हेटौंडाका सवारीधनीबाट खरिद गरिने सवारीसाधनसहित करिब ५० करोड रुपियाँ बराबरको कारोबार हुने महासचिव महेन्द्र राउतले जानकारी दिनुभयो ।

प्रकाशितः २०७२ फाल्गुन २०

वि.सं.२०७२ फागुन २० बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...