back
NMB ad

इन्भेष्टमेन्ट बैंकको सेयर पहिलोपटक सर्वसाधारणका लागि खुल्दै

Kumari bank ad

काठमाण्डौं । सर्वसाधारणका लागि फागुन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर निस्कासन हुने भएको छ। चुक्ता पुँजी बृद्धिका लागि राष्ट्र बैंकले ल्याएको नीतिपछि पहिलो पटक यो बैंकले सर्वसाधारणका लागि सेयर स्वामित्व प्रदान गर्ने भएको हो ।

सर्वसाधारणबाट ३० प्रतिशत सेयर स्वामित्व पुर्‍याउनुपर्ने प्रावधानअनुरुप बैंकले ९० लाख कित्ता सेयर प्रिमियममा जारी गर्ने भएको छ । ५ सय १ रुपैयाँ प्रिमियम रकम थप्दै प्रतिकित्ता ६ सय १ रुपैयाँका दरले सर्वसाधारणले कम्पनीको सेयर खरिद गर्न सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले सेयर निस्कासनका लागि स्वीकृति दिने अन्तिम तयारी गरेको छ। सेयर निस्कासनका लागि बैंकको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बोर्डले जनाएको छ ।

२०७२ असारसम्मको लेखापरीक्षणपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। पछिल्लो पटक बजारमा सो बैंकको सेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा रहेको छ।

माघ २१, २०७२ /८.००

वि.सं.२०७२ माघ २१ बिहीवार ११:०४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...