back
NMB ad

मन्दिरमा जम्मा भयो ५० लाख भन्दा बढी भेटी

Kumari bank ad

बागलुङ । सिद्ध धार्मिकस्थल बाग्लुङ कालिका भगवती मन्दिरमा नौ महिनाको अवधिमा ५० लाखभन्दा बढी भेटी संकलन भएको छ । ठेक्का प्रथा रोकेर मन्दिर व्यवस्थापन समिति आफैँले भेटी संकलन सुरु गरेपछि नौ महिनामै ठेक्का प्रथाको भन्दा दोब्बर रकम संकलन भएको हो । चालू आर्थिक वर्षबाट मात्र मन्दिर व्यवस्थापन समिति आफैँले आय संकलन गर्न सुरु गरेको हो ।

गत साउनदेखि २५ फागुनसम्ममा ५० लाख ५० हजार नौ सय ७० रुपैयाँ संकलन भएको कालिका भगवती गुठीले जनाएको छ । व्यवस्थापन समितिले गत साउनदेखि मन्दिरमा हुने गरेको आयस्ता आफैँले संकलन गर्न थालेपछि रकम संकलन, व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य सुधार भएको गुठी अध्यक्ष राजु खड्काले बताए ।

८० लाख उठाउने लक्ष्य

गत आर्थिक वर्षमा मन्दिरलाई ठेकेदारले ४१ लाख रुपैयाँ बुझाएका थिए । त्यसअघिका वर्षमा क्रमश: ३२ लाख, २५ लाख र १७ लाख रुपैयाँमा ठेक्का लगाइँदै आइएको थियो । यस आर्थिक वर्षमा करिब ८० लाख भेटी संकलन गर्ने लक्ष्य भएको गुठी अध्यक्ष खड्काले जानकारी दिए । कर्मचारी व्यवस्थापनलगायतका कार्यमा करिब नौ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ । ‘अब आउँदै गरेको चैतेदसैँमा मात्र १५ देखि १८ लाख रुपैयाँ संकलन हुन्छ,’ गुठी अध्यक्ष खड्काले भने, ‘भूकम्प, नाकाबन्दीलगायतका असहजताबीच पनि बडादसैँमा १४ लाख ८० हजार रुपैयाँ संकलन भएको थियो ।’

हरेक साता आय सार्वजनिक पछिल्लो समय गुठीले मन्दिरको आम्दानी हरेक साता सार्वजनिक गर्दै आएको छ । कालिका भगवती गुठीले संस्थानसँग चालू आर्थिक वर्षका लागि मात्र आय संकलन गर्ने अनुमति लिएकाले अब आर्थिक वर्षमा के गर्ने भन्ने दुविधा भएको खड्काले बताए । समितिले आफैँ जिम्मा लिएपछि मन्दिर परिसरमा धेरै सकारात्मक सुधार भएकाले यसलाई निरन्तरता दिनुपर्ने नागरिक समाज बाग्लुङका सदस्य कृष्णराज शर्माले बताए ।

‘यस्तो काम झन्झटिलो हुन्छ भनेर ठेकेदारलाई बुझाउने प्रवृत्ति विद्यमान थियो,’ शर्माले भने, ‘अहिले यो रोकिएर धेरै राम्रा काम भएको छ, समितिले यसलाई निरन्तरता दिनुपर्छ ।’ गुठीका अध्यक्ष खड्काले पनि स्थानीयवासी र सरोकारवालाको भावनाअनुसार बृहत् सार्वजनिक सुनुवाइ गरेर ठेक्का दिने या आफैँ व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिने भन्ने विषयमा निर्णय लिइने बताए ।

मन्दिर सुधार अभियान

समितिले नै भेटी उठाउन थालेपछि मन्दिरमा सुधारका काम पनि धमाधम भइरहेका छन् । परिसरमा सरसफाइ, साप्ताहिक रूपमा आय सार्वजनिक, पूजा व्यवस्थापन, अक्षता तथा मुढको मूल्य निर्धारण, दान संकलन, सिसी–क्यामरा, सुरक्षा व्यवस्थालगायतका काममा उल्लेख्य सुधार देखिएको दर्शनार्थीले बताएका छन् । मन्दिरमा चढ्ने मुढको मूल्य तौल प्रणालीबाट गरिन थालिएको छ ।

जसअनुसार बोकाको टाउको प्रतिकेजी चार सय, राँगाको टाउको प्रतिकेजी सय तथा कुखुराको टाउको प्रतिपिस ४५ रुपैयाँ तोकिएको छ । परेवा प्रतिजोडी चार सय, चामल प्रतिपाथि दुई सय तोकिएको गुठीले जनाएको छ ।

प्रकाशितः नयाँ पत्रिका, २७ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २७ बिहीवार १४:५६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...