back
NMB ad

एकै वडामा तरकारी खेतीबाट लाखौंको आम्दानी

Kumari bank ad

पर्वत । जिल्लाको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेका छन् ।

पूर्वी मोहडामा समतल फैलिएको करिब एक हजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् ।

बीस वर्ष अघिदेखि धौलागिरीमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ ।

तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहाँको उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ ।

‘हाम्रो उत्पादन काठमाण्डौंसम्म पुग्थ्यो,’ स्थानीय अगुवा किसान नरबहादुर केसीले भने, ‘अहिले सहज ढुवानी नहु“दा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाण्डौं लगायतमा अहिले गोलभेंडाको मूल्य रु ६० भन्दामाथि भएर पनि आफूहरुले रु ३० मा बिक्री गर्नुपरेको उनले बताए ।

केसीले तरकारीबाट मात्रै वार्षिक रु १५ लाखदेखि रु १८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सहज सवारी चल्दा यहाँका किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै निर्यात गर्दै आइरहेका थिए ।

तराई बन्द र नाकाबन्दीका कारण गोलभेंडा, मुला, काउलीलगायतका तरकारीको मूल्य सस्तिएपछि यहाँका अधिकांश किसान बीउ उत्पादनमा लागेका छन् । ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले बताए । ‘‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो ।’’

गाउँका अधिकांश किसान अहिले धान, गहुँ, मकैलगायतका खाद्यान्नबाली छोडेर तरकारीखेतीमा लागेका छन् । खाद्यबालीको तुलनामा तरकारीबाट दशौं गुणा बढी आम्दानी हुने भएपछि वडाभरि रहेका करिब ३०० घरपरिवार सबै तरकारीमा लागेका छन् ।

केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ । ‘दश वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भने, ‘‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ ।’’

म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आउनुभएका आचार्यले ६ वर्षअघि गाउ“मै फर्किएर तरकारीमा खेतीमा लागेका हुन् । यहाँका सबै किसानलाई अरु सबै पेसा व्यवसाय भन्दा तरकारीबाटै राम्रो आम्दानी भएको छ ।

माघ २४, २०७२, १०.१०

वि.सं.२०७२ माघ २४ आइतवार ११:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...