back
NMB ad

एनसेले सस्तो शुल्कमा कल गर्न, भ्वाइस प्याकका लागि भौचर कार्ड ल्यायो

Kumari bank ad

काठमाडौं । अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरे झैं सिधै भ्वाइस प्याक खरीद गर्न सक्ने भएका छन् । एनसेलले भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्ने सुविधा उपलब्ध गराएको हो ।

भौचर कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरि दुईवटा विकल्पमा उपलब्ध हुने बताइएको छ । दैनिक प्याक भौचर कार्डको कर सहित रु ११ पर्छ र यसमा ११ मिनेट दैनिक टक टाइम रहेको छ । साप्ताहिक प्याक भौचर कार्डको कर सहित रु ६० पर्छ र यसमा ७० मिनेटको ७ दिन समायावधि भएको टक टाइम रहेको छ । यी टक टाइम एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिन्छ ।

भौचर कार्ड आफ्नो नजिकको एनसेल सेन्टर, एनसेल सप वा एनसेलका आधिकारिक बिक्रेताबाट खरिद गर्न सकिने एनसेलले जानकारी दिएको छ । ग्राहकका लागि प्रभावकारी सल्युसन्स् प्रदान गर्ने क्रममा आएको भौचर कार्डले ग्राहकलाई भ्वाइस प्याक लिन सहज बनाई प्याक अन्तर्गतको विशेष मूल्यको लाभ लिन सहयोग गर्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘भ्वाइस प्याकले ग्राहकलाई विशेष दरमा टक टाईम प्रदान गरेको छ’ उनले भने ‘जसले गर्दा ग्राहकले अझ सुलभ दरमा आपसमा सम्पर्क गर्न सक्छन् ।’

दैनिक प्याक लिने ग्राहकले एनसेलको नम्बरमा साबिकको भन्दा ६० प्रतिशत कम दरमा कल गर्न सक्छन् । साप्ताहिक प्याक लिँदा यस्तो कलको मूल्य साबिक भन्दा ६६ प्रतिशत कम पर्ने बताइएको छ । विद्यमान शुल्क अनुसार एनसेलको अर्को नम्बरमा कुरा गर्दा प्रति मिनेट कर सहित रु २ दशमलव५० पर्दछ ।

ग्राहकले चाहेको खण्डमा आफ्नो मोबाइलमा रहेको मेन ब्यालेन्सबाट पनि भ्वाइस प्याक लिन सक्छन् । यसको लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सकन्छ । अथवा, दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि भ्वाइस प्याक खरिद गर्न सकिने एनसेलले जानकारी दिएको छ ।
प्रकाशितः २०७२ चैत्र ५

वि.सं.२०७२ चैत ५ शुक्रवार ११:४१ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....