back
NMB ad

कतार संकट समाधानका लागि टर्कीका राष्ट्रपतिद्धारा खाडी मुलुकको भ्रमण सुरु

Kumari bank ad

कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले आइतबारबाट खाडी मुलुकहरूको भ्रमण शुरु गरेका छन् । कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुगेका छन् ।

साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम बनाएका छन् । एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्केका हुन् । “यो समस्या र संकट लामो समयसम्म रहिरहोस् भन्ने कसैको पनि चाहना छैन,” दुईदिने भ्रमणका लागि देश छोड्नु अघि स्तानबुल विमानस्थलमा उनले भने ।

उनले सरोकारबालाहरूसँग गम्भीर वार्ता र छलफल गरेर समस्या समाधानका लागि आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । पछिल्लो समयमा कतार गम्भीर कूटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उनको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।

कतारमाथि उसका छिमेकी खाडी मुलुकहरूले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन । कतारसँग उसका छिमेकी मुलुकहरूको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुगेका थिए । “फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका जनता विषेश गरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरूलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए ।

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।

रियादको भ्रमणपछि उनी कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुगेका थिए । उनले सो भ्रमणमा छलफलबाटै संकटको समाधान खोज्न जोड दिएका थिए । उनी सगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरू रहेको दाबी गर्दै सम्बन्ध पुनःस्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरूले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।

तर यी सबै आरोपहरूको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमाथि लगाइएका यी सबै आरोप निराधार रहेको दाबी गर्दै आएको छ । यही कारणले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको नाकाबन्दीलाई अझै पनि कायमै राखेका छन् ।

प्रकाशित मितिः२०७४ साउन ९

वि.सं.२०७४ साउन ९ सोमवार ११:५६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...