back
NMB ad

कम्युनिष्ट गुरु’बा नमूना दुग्ध उत्पादक किसान

Kumari bank ad

धादिङ, माघ ६ । धादिङ आसपासका एमाले बृत्तमा गुरुबाका उपमाले चिनिँदै आएका पुराना कम्युनिष्ट नेता जगन्नाथ नेपालको परिचय आजभोली अगुवा किसानको रुपमा परिणत भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिका सञ्चालक अध्यक्ष नेपालको पछिल्लो दैनिकी समितिको काम बाहेक गाईलाई घाँस, कुँडो र दुध दोहेर बजारसम्म पु¥याउँदैमा वित्न छ । ध्रुव अधिकारीलाई साझेदारको रुपमा लिएर नेपालले सञ्चालन गरेको गाई फार्म जिल्लाकै नमुना बनेको छ ।
गोगनपानी–१ निबुवाबोटेमा एक वर्ष अघि (गत माघदेखी) सञ्चालनमा ल्याइएको छाङ्गादेवी पशुपालन तथा घाँस विकास फार्ममा १९ वटा लैना गाईहरु छन् । भारतको विहार हाजिपुरबाट ल्याइएको होलिस्टिन र जर्सीको क्रस गाईहरुट दैनिक २ सय लिटर दुध उत्पादन हुन थालेको नेपालले जानकारी दिए ।
गाईका गोठ सफा सुग्घर राखिएको छ । फार्ममा जानु अघि आगन्तुकले पालना गर्नु पर्ने नीति नियम पालना गर्नु पर्छ । ७० रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरिएको छ । फार्ममा ६ जनाले दैनिक रोजगारी पाएका छन् । दुधबाट मासिक साँढे दुई लाख आम्दानी हुने फर्मका अर्का सञ्चालक ध्रुव अधिकारीले जानकारी दिए । स्थानीय गल्छी बजारमा दुध विक्रि गर्दै आएका उनीहरुले दुधमा लागत मुल्य कम भएको बताए ।

IMG_6451
धादिङमा दाना तथा चोकर उद्योग छैन । बाहिरबाट दाना चोकर ल्याउनु पर्दा लागत बढ्न जान्छ अधिकारी भन्छन् कृषिमा सोचेजस्तो सजिलो छैन । आगामी दिनमा दुधबाट बन्ने परिकारहरु दही, पनिर, चिज, घ्यु लगायतका सामाग्री उत्पादन गरी आफै मार्केट विस्तार गर्ने लक्ष्य रहेको नेपाल बताउँछन् ।
०३२ तिर धादिङमा छरिएर रहेका कम्युनिष्ट विचार धाराका व्यक्तिहरु संगठित संगठित गर्दै शिक्षण पेसामा कृयाशिल नेपाल तत्कालिन नेकपा मालेको धादिङका संस्थापक मध्यका नेता हुन् । एमाले बागमती अञ्चल कमिटीका सदस्य उनी विगत एक वर्ष यता घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष हुन् । आफुले गरेको कामबाट अरुलाई पनि प्रेरणा मिलोस भनेर आफ्नै अग्रसरतामा फर्म सञ्चालन गरेको नेपाल बताउँछन् ।
काठमाडौं, पोखरा र चितवनको बीचमा रहेको धादिङको राजमार्ग क्षेत्र कृषि र पशुपालनको लागि उपयुक्त स्थान हो । यहाँ उत्पादन गर्न सके बजारको कमी छैन नेपालले भने । ५० लाखको लागतमा सञ्चालन गरिएको फर्म यतिबेला जिल्लामै नमुना बन्दै गएको छ । नेपालको फर्ममा हरेक हप्ता कृषिमा रुचि भएका युवा तथा व्यवसायीहरु ऋवलोकन गर्न र जानकारी लिन आउने गरेको फर्म सञ्चालक बताउँछन् ।

वि.सं.२०७२ माघ ६ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...