back
NMB ad

कसैलाई नसोध्दा  दुःख पायौं : केसी

Kumari bank ad

माघ ४, काठमाडौं । उप प्रधान एवंम सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपाली जनताले भोगिरहेको समस्या दुई कारणले भएको र संविधान संशोधन पनि नेपालीका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताएका छन् ।

नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको आयोजनामा ‘पर्यटन र पर्वतारोहणः नेपाल–क्यानडा’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्न परेको छ ।’

‘यसैगरी संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली जनताको लागि नभई अरु कसैको चाहनामा दर्ता भएको अवस्था छ’ उनले ठोकुवा गरे । उनले नेपाल र क्यानडा भौगोलिक रुपमा टाढा भएपनि सम्बन्ध सुमुधुर रहेको चर्चा गर्दै नेपालीहरु पेट पाल्न उता जाने गरेको र क्यानडेलीहरु नेपालको हिमाल, पहाड हेर्न आउने गरेको बताए । ‘उनीहरु जति आउँछन्, बढाउन सके नेपालले आर्थिक रुपमा लाभ उठाउन सकिन्छ’ उनले अगाडि भने, सिता राम्री भएकाले राम र पछि रामणको आँखा लागेझै हाम्रो हिमाल र त्यहाँबाट बग्ने पानीमा अरुको आखा लाग्नुले नेपालीले समस्या भोग्न परिरहेको छ ।’

आफु शहरी तथा गरिवी निवारण मन्त्रालयमा भए पनि प्रधामन्त्री, स्थानीय मन्त्रालयमा धन रहेकाले केही गर्न सकिने नदेखिए पनि आफु आफ्नो राजनीतिक मान्यता लागु गर्न सरकारमा गएको दावी गरे । उनको भनाई थियो, ‘संघियता मुलुकको गलपासो भएको छ ।’

नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल हिमालहरुको राजधानी भएकाले यसको रक्षाका लागि विश्वभरीका नागरिक लाग्नुपर्नेमा जोड दिए । नेपाल–क्यानडाको ५१औ मैत्री दिवशका अवसरमा आयोजित कार्यक्रममा उनको तर्क थियो, ‘चीन र भारतको विकासमा खुशी छौ, तर उनीहरुको कारण हाम्रा हिमालहरु पग्लँदै र औलो रोगले पहाड चढ्दैछ ।’ उनले वर्षमा चालिस हजार क्यानेडेली नागरिकले नेपालमा आउने गरेको र त्यो मात्रा बढाउने वातावरणका लागि सरकार र पर्यटन ब्यवसायीहरुलाई आग्रह गरे ।

वेल्जियमका कन्सुलर आङ छिरिङ शेर्पाले कार्यपत्र पेश गर्दा नेपालमा आठ हजार मीटरभन्दा अग्ला हिमाल आठ नभइ चौध वटा रहेको चर्चा गरे । उनले हिमाल नेपालको आर्थिक विकासको आधार हुने तर्क गर्दै हिमालय क्षेत्र जोगाउन आवयक रहेकोमा जोड दिए । सोही कार्यपत्रमाथि पूर्व मन्त्री आङकिला शेपाले टिप्पणी गर्दै भनिन्,‘आफ्नो सम्पदा नजागाउने हो भने अहिले गाउ खाली छन् भोली हिमाल उजाड हुने खतरा छ ।’

सोही अवसरमा क्यानडाका कन्सुलर बुद्ध बस्नेत, संघका महासचिव श्रीधर गौतम, क्यानडावासी मानकाजी जेना, पर्वतारोही माया शेर्पा, अल्ट्रा धावक मीरा राई, संघका निरोध मास्के, गायिका कमोल वली लगायतले नेपाल क्यानडा मैत्रीको विभिन्न आयामको चर्चा गरेको जानकारी संघका सञ्चार सचिव दीपेन्द्र रोकायाले बताए । कार्यक्रम राजधानीको कमलादीस्थित सीडब्लु क्याफेमा भएको थियो ।

वि.सं.२०७२ माघ ४ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...