back
NMB ad

काठमाडौंका मासु पसलमा बासी र विषाक्त मासु

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा विषाक्त तथा बासी मासु प्रशस्त मात्रामा भेटिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

काठमाडौं जिल्लाका २६ वटा मासु पसलको अनुगमन गर्दा धेरै मासु पसलहरुमा विषाक्त मासु फेला परेकोले विषाक्त एवं बासी मासु विक्री गर्ने व्यवसायीहरुलाई एक पटकका लागि सचेत गराएर छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए । कानूनलाई कार्यान्वय गर्नका लागि आफूहरु प्रतिवद्ध भएर लागेको उनले बताएका छन् ।

रकम तिरेर उपभोग गर्ने मासु स्वच्छ छ कि छैन भन्ने कुराको उपभोक्ता आफै पनि सचेत हुनु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यसका लागि जनचेतना अभिबृद्धि गर्न लागिएको समेत बताए ।

उनले जिल्ला पशु सेवा कार्यालय काठमाडौं र जिल्ला कृषि विकास कार्यालयलाई समेत खाद्य स्वच्छताको लागि क्रियाशील ढंगले अगाडि बढ्न निर्देशन दिएको बताएका छन् ।

हाल काठमाडौं मासुजन्य पदार्थका लागि थानकोट नाका भएर भित्रने पशु बस्तुहरुको चेकजाँचलाई तीव्रता पारिएको भन्दै सुवेदीले क्यारेण्टाइन मार्फत पशुको स्वास्थ्य जाँच गरिएको पनि बताए ।

स्वच्छ मासु उपभोक्ताहरुको अधिकार भएकोले उपभोक्तालाई स्वच्छ मासु विक्री वितरण गर्नका लागि मासुजांच ऐन २०५५ ल्याईएको भएपनि अहिलेसम्म कार्यान्यन हुन सकेको छैन ।

२०/१०/२०७२

वि.सं.२०७२ माघ २० बुधवार ०८:०३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...