back
NMB ad

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग अगाडी बढाउने जिम्मा भवनलाई

Kumari bank ad

काठमाडौं । पूर्वाधार बिकास कम्पनी लिमिटेडको अध्यक्षमा भवन भट्ट सर्बसम्मत चुनिएका छन् । कम्पनीका अध्यक्षबाट कुशकुमार जोशीले राजिनामा दिएपछि रिक्त रहेको पदमा काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजनाको सञ्चालक समितिको बैठकले भट्टलाई निर्विवाद रुपमा कम्पनीको अध्यक्ष तोकेको हो  ।

राष्ट्रिय गौरवको यस आयोजना चार बर्षदेखि निर्माण गर्ने प्रयास भएता पनि ठूलो लगानीको आवश्यकताको कारण निर्माण हुन सकेको थिएन । अब भने निजी क्षेत्र, सरकार र स्थानीयहरु समेतमा राम्रो संकेत मिलेको पुर्वाधार बिकास कम्पनी लिमिटेडको दाबी छ ।

पूर्वाधार बिकास कम्पनी लिमिटेड ०६८ भाद्र २० मा विधिवत दर्ता भई संचालन भएको थियो । कम्पनिमा करिब १७०० शेयरहोल्डहरु छन् । तिमध्ये सबैभन्दा ठूलो शेयरहोल्डर भट्टको टिबिआई होल्डीङ कम्पनि छ ।

नेतृत्व सम्हालेपछि भट्टले सरकारबाट पनि केहि पुँजी जुटाउने, चार बर्ष पुरानो प्राविधिक पक्षको कार्यलाई समय सापेक्ष बनाउने, राम्रो कर्पोरेट गभरनेन्स भएको उत्कृष्ट संस्था बनाउने, विदेशी फण्डको व्यवस्था गर्ने, होल प्रोजेक्ट फाइनान्स गराउने र सबै स्टेकहोल्डरहरु (शेयरहोल्डर, गभर्मेन्ट, कम्युनीटी) बीच राम्रो सम्बन्ध बनाउने कार्यहरु आफ्नो प्रमुख कार्यतालिकामा राखेका छन् ।

२८ माघ २०७२ /६:१६

 

वि.सं.२०७२ माघ २८ बिहीवार १८:२० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...