back
NMB ad

चार करोड डलर लगानीको काबेली ‘ए’ ३ बर्षमा निर्माण पुरा हुने

Kumari bank ad

काठमाडौं । काबेली ए जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बुटवल पावर कम्पनी अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना निर्माणका लागि अन्तरराष्ट्रिय विकास संस्थाले ४ करोड अमेरिकी डलर लगानी गर्नेछ ।

आयोजनामा लगानी गर्ने विषयमा गत वर्ष मंसिरमा सरकारले विश्व बैंकसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच ‘केइएल सब्सिडरी एग्रिमेन्ट’ भएको हो ।सोहि अनुसार शुक्रवार ऋण सम्झौतामा कावेली इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक विवेक गुप्ता र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले हस्ताक्षर गरेका छन् ।

३७ दशमलव ६ मेगावाटको कावेली जलविद्युत आयोजनाका लागि अन्तरराष्ट्रिय वित्त निगम आइएफसीसँग ऋण सम्भ्झौता सम्पन्न भक्एो हो । सम्झौताअनुसार प्राप्त हुने ३ करोड ८६ लाख अमेरिकी डलरसहित विश्व बैंक समूहबाट ७ करोड ८६ लाख डलर लगानी हुनेछ । आयोजनाको कूल लागत ९ करोड ९५ लाख डलर छ । यो आयोजना ७७ दशमलव ५ प्रतिशत ऋण तथा २२ दशमलव५ प्रतिशत इक्विटीमा बनाउन लागिएको हो ।

आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गत असोज ७ गते भएको थियो । आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार नियुक्ति भइसकेको बताइएको छ । साथै आयोजनामा हालसम्म ६४ करोड रुपैयाँ लगानी भएको कम्पनीले जानकारी दिएको छ ।

यो आयोजना आगामी ३ बर्षभीत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार १३:०५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...