back
NMB ad

कार्यक्षेत्रमै यौनहिंसामा पर्छन एक तिहाई महिला !

Kumari bank ad

टोकियो । जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो ।

यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएको समाचारमा उल्लेख गर्ने गरिएको छ ।

जापानको स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्रालयले गरेको सर्वेक्षणमा यस्तो तथ्य पाइएको छ ।

जापानका २२ वर्षददेखि ४४ वर्षको उमेर समूहका महिला कर्मचारीहरुमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको छ । ती महिलामध्ये कम्तीमा पनि १० हजार जनामा यो सर्वेक्षण गरिएको छ ।

लिखित प्रश्नका आधारमा गरिएको यस सर्वेक्षणमा यस्तो परिणाम आएको हो । गत सेप्टेम्बर र अक्टोबर महिनामा जापानका विभिन्न सहरमा तीन हप्ता लगाएर यो सर्वेक्षण गरिएको हो ।

मङ्गलबार सार्वजनिक भएको सो सर्वेक्षणमा भनिएको छ– त्यहाँ कार्यरत कम्तीमा पनि ३० प्रतिशत महिलाले आफूहरु कार्यक्षेत्रमा नै यौन हिंसामा पर्ने गरेको पाइएको जनाएका थिए ।

ती कर्मचारी महिलामध्ये करिब ४० प्रतिशतले त आफूहरुलाई अस्वाभाविक रुपमा पुरुष कर्मचारीले छुने गरेको जनाएका छन् ।

सर्वेक्षणमा पारिएका १० हजार महिलामा करिब ३८ प्रतिशतले आफूहरुलाई यौनसँग सम्बन्धित विषयमा पुरुष कर्मचारीले कुरागर्ने एवम् जिस्क्याउने गरेको बताएको समाचारमा जनाइएको छ ।

वि.सं.२०७२ फागुन १९ बुधवार १६:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...