back
NMB ad

 किसानको संरक्षण प्राथमिकतामा : मन्त्री मानवी

Kumari bank ad

काठमाडौ । पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपंक्षीका क्षेत्रमा पुरानो प्रबिधिलाई नविकरण गरेर लैजाने र किसानहरुको क्षमता बढाउने लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएकी छिन् ।

दुग्ध विकास संस्थान कर्मचारी संघ नेपालको २६ औं स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री मानवीले किसानलाई पहिलो प्राथमिकता दिएर उनीहरुको संरक्षण गरिने बताईन् । मन्त्री मानवीले भनिन्, ʽपशुपंक्षीको विषयमा अहिले गर्दै आएको पुरानो प्रबिधिलाई नविकरण गरेर लैजाने, किसानहरुको क्षमता बढाउन उत्पादक र उपभोक्ताबीचमा समन्वय गराउने र त्यसलाई सुधार गरेर लैजाने लक्ष्य रहेको छ । किसानहरु, कर्मचारीहरु र स्वयंसेवकबाट हामी यसलाई सफल पार्नेछौं ।ʼ

दुग्ध उत्पादक किसानको संरक्षण गर्न पशुपंक्षीमा उन्नत नश्ल, पौष्टिक आहार र स्वास्थ्य उपचारको व्यवस्थापन गराईने प्रतिबद्धता जनाउँदै मन्त्री मानवीले यसका लागि जनशक्ति व्यवस्थापनको कार्य सुरु भईसकेको धारणा राखिन् । सरोकार निकायले पनि आयातलाई प्रतिस्थापन गर्दै निर्यातको रेकर्ड राख्ने कार्ययोजनाअनुरुक कार्य गर्न निर्देशन दिएकी छिन् ।

कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिम्सिनाले किसानले उत्पादन गरेका दुग्धपदार्थलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । उनले भने ʽसंस्थानलाई आर्थिक हिसाबले चल्नसक्ने अवस्थामा पुर्याएका छौं, ३ वर्षभित्र दुग्धजन्य क्षेत्रमा नेपाललाई आत्मनिर्भर गराउने सरकारको लक्ष्यअनुरुप किसानले उत्पादन गरेका दुग्धपदार्थ खपत र संकलन गर्नेछौं, खेर जान दिनेछैनौं ।ʼ

गतवर्षदेखि दुग्धजन्य पदार्थको आयात पूर्णरुपमा रोकिएको दाबी गर्दै तिम्सिनाले आगामि दिनमा मख्खन र पाउडर दुधको निर्यात गरिने लक्ष्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष बलराम फुयालले संस्थानलाई आत्मनिर्भर पार्न कर्मचारीहरुले आन्तरिक सुधारका योजना अगाढि बढाउनुपर्ने धारणा राखेका छन् । अनुशासन, उत्पादकत्व वृद्धि र बजारको व्यवस्थापनमा आफुहरुले जोड दिएको भन्दै उनले संस्थालाई राम्रो बनाउन प्राबिधिकहरुसँगको छलफलमार्फत संस्थानलाई सुधार गराएरै लैजाने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागीहरुले ४० प्रतिशत बजार हिस्सा ओगटेको डिडिसिले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै सफा, स्वच्छ बिक्री केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कर्मचारी संगठनका नेताहरुले ज्यालादारी कर्मचारीलाई तत्काल स्थाई गर्नुपर्ने माग गरेका थिए ।

२४ माघ २०७२ / ६:४५

वि.सं.२०७२ माघ २४ आइतवार १८:३१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...