back
NMB ad

कृष्णहरि बाँस्कोटा राजा भएको दिन …

Kumari bank ad

कुरो २०५० सालको हो । म त्यतिबेला अछामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिएँ । उतीबेलाको सम्झना गर्दै कृष्णहरि बास्कोटा सुनाउँछन् ʽसिडिओ बनेको त्यो बेला जीवनमा भुल्नै नसकिने केहि घटना भए ।ʼ

ʽएकदिन आफ्नै कार्यालयमा रहँदा एकजना बुढामान्छे सुरुसुरु सिडिओ कार्यालय भित्र पसे । सिडिओ (म) आफ्नै टेवलमा बसिरहेको थिएँ । त्यति नै बेला ती बुढा मान्छेले आफ्नो खल्तीबाट अम्बा (बेलौती) निकाले र त्यो बेलौती ढ्याप्प टेबलमा राखे, र भनेʼ ʽए सिडिओ साप यो बेलौती खाउ ।ʼ म अचम्ममा परेँ । ती बुढा मान्छे तिर हेरिरहेँ ।

बुढा मान्छे त्यसमा पनि सिडिओ कार्यालयको टेबलमा अम्बा ल्याएर ढ्याप्प बजारेर खाउ भन्छन् । अनि अकमक्कमा पर्दै मैले मुसुमुसु हाँस्दै नम्रपूर्वक ती बुढा मान्छेलाई सोधेँ ʽयो अम्बा किन खाने र बा !ʼ त्यतिबेला ती बुढा मान्छेले भने ʽहाम्रो घरमा बेलौती फल्यो, केटाकेटीले खानुपर्छ भन्नथाले, तर हामीले देउतालाई नचढाई, राजालाई नखुवाईकन त्यो अम्बा हामी खाँदैनौ । देउतालाई नचढाई, राजालाई नखुवाईकन त्यो बोटको फल खानु हुँदैन ।

IMG_0803
पहिले–पहिले बाउ बराजुले अछामी राजालाई अम्बा चढाउँथे, अनि त्यो अम्बा राजाले खाएपछि मात्रै केटाकेटीका लागि खानका लागि बोट खुल्ला गरिन्थ्यो । अब अहिले अछामी राजा छैनन्, त्यहि दरबारमा तिमी बस्या छौ सिडिओ भएर, तिम्ले खाईदियौ भने मैले आज चाँहि बच्चालाई खोल्दिन्छु,ʼ त्यति भनेपछि कुरा बुझेपछि मैले त्यो काटकुट नगरि, धोई पखाली पनि नगरी ग¥याम ग¥याम खाईदिएँ । बास्कोटाले आफ्नो अनुभव सुनाउँदै भने त्यस पछि ती बुढा मान्छेलाई चिया, बिस्कुट खाजा खुवाएर बिदाबादी गरेँ ।

कुरा यतिमा मात्र सिमित रहेन । त्यो अम्बा ल्याए जस्तै गरि एक दिन अर्का बुढा बाले शौचालय जाने तयारीमा जस्तै गरी एउटा लोटा लिएर सिडिओ कार्यालय आए । ती बुढा बाले पनि टेवलमा लोटा ट्याक्क राख्दै भने दही खाउ भने । मैले ती बालाई पनि सोधेँ, यो दही मैले किन खानुपर्ने ? त्यहि अम्बाको जस्तै कहानी रहेछ । भैसी ब्याएपछि पहिलो ठेकीको दही देउतालाई चढाउने र राजालाई खुवाउने त्यहाँको चलन रहेछ । यदि देउता र राजालाई नदिइ खाईयो भने देउता रिसाउँछन् भन्ने चलन रहेछ । त्यति भनेपछि खाईदिन प¥यो भनेर दही खाएँ । त्यो दही खाएपछि मलाई एक प्रकारले झण्डै झण्डै वान्ता होला जस्तै भयो ।

कुरो के रहेछ भन्दा एक वर्षसम्म ती बाले दहीको ठेकी त्यतिकै रखेका रहेछन् । त्यो कुहिएको ठेकीमा दही जमाएका रहेछन् । त्यो दही चाँही खानै नहुनी तितो र गन्हाएको रहेछ । तर के गर्नु यती सम्मान पुर्वक ल्याएको चिज खानै प¥यो । खाइसकेर पेट शान्त पार्न पछि भटाभट पानी खाएँ बान्ता गर्नबाट बचेँ । ती बालाई पनि खाजा खुवाएर पठाइयो ।

IMG_0804
अर्काे अछाममा दशैंको बेला राजाको हातबाट टिका लाउने भनेर सिडिओको हातबाट टीका लाउने लाम हुँदो रहेछ । राजाले खसी पर्सेपछि मात्र काट्ने चलन रहेछ । उनले आफ्नो अनुभव सुनाए ʽमैले सम्झेअनुसार दसैंमा पचास÷साठीवटा खसी छोईदिएँ । पानी छर्किनु पर्ने छर्किदिएँ । ब्राह्मणले जे–जे भन्थे त्यो गरेपछि मात्र खसी काट्ने चलन रहेछ । अनि त्यसै गरिदिएँ । अछामीले राजाकोरुपमा सिडिओबाट टीका थाप्छन् भनेपछि मैले टीका लगाउन आउनेलाई व्यवस्थित तरिकाले टीका लगाएर खाजा खुवाएर पठाउने काम गरें ।ʼ नेपालको प्रशासक कुनै एक ठाउँको राजाकै भूमिकामा रहेका ती दिन सम्झँदा अहिले पनि मलाईसाह्रै रमाइलो र बेग्लै अनुभुत हुन्छ ।

(राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त बाँस्कोटासंगको कुराकानीमा आधारित) प्रस्तुती : हरिशरण न्यौपाने
प्रकाशित मिति : २०७२ माघ ६ गते बुधबार

वि.सं.२०७२ माघ ६ बुधवार १८:१९ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...