back
NMB ad

के हो जिका भाइरस ? मानिसमा कसरी सर्छ ?

Kumari bank ad

काठमाडौँ । जनमानसमा आतंक फैलिंदै गएको जीका भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ । पछिल्लो समय अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिने संकेत देखिएको छ । रोगले नवजात शिशुको स्नायुमा असर गर्ने र विश्वव्यापी रुपमा सर्न थालेपछि यस रोगप्रति चासो बढ्न थालेको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ ।

एक प्रकारको लामखुट्टेबाट सर्ने यो रोग अहिले २४ मुलुकमा फैलिएको छ । आगामी वर्षसम्म अमेरिकामा यो भाइरसबाट ३० देखि ४० लाख मानिस संक्रमित हुने डब्लुएचओले गरेको छ ।

नेपालमा पहिचान गर्ने उपकरण न हुँदा यसको संक्रमण परिक्षण गर्न सकिएको छैन । जिकाको सम्भावित संक्रमण पहिचान गर्न स्वास्थ्य सेवा विभागले डब्लूएचओको सहयोगमै किट ल्याउने प्रक्रिया समेत सुरु गरेको छ ।

विभाग स्रोतका अनुसार तत्काल एक हजार किट मगाउने प्रक्रिया अघि बढाइएको छ । तर त्यसअघि संक्रमण आशंका गरिए परीक्षण गर्न भारतमा पठापने तयारी गअरिएको छ । हाल भारतको पुनास्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजीले जिका परीक्षण गर्छ ।

सोमबार जिकाकै विषयमा डब्लूएचओको  आकस्मिक बैठक बसेको थियो । बैठकमा प्राप्त सल्लाहअनुसार डब्लूएचओकी महानिर्देशक मारग्रेट चानले आपत्कालीन स्थिति घोषणा गरेकी हुन् ।

१८ विशेषज्ञ र सल्लाहकार सम्मिलित समितिको बैठक टेली कन्फरेन्सबाट आयोजना गरिएको थियो । डब्लूएचओले जिकासँग जुध्न अन्तर्राष्ट्रियस्तरमा गरिने प्रयासहरूमा तीव्रता ल्याउनसमेत भनेको छ ।  रोग नियन्त्रण तथा प्रवन्धन केन्द्रले गर्भवती महिलालाई रोग प्रभावित क्षेत्रमा भ्रमण नगर्न अनुरोध गरेको छ । त्यस्तै प्रभावित देशहरुमा महिलाहरुलाई गर्भवती नबन्न आग्रह गरिएको छ ।

डब्लूएचओको मंगलबार जारी गरेको विज्ञप्तिमा यस क्षेत्रका धेरै ठाउँमा जिका भाइरस फैलाउने एडिस एजेप्टी लामखुट्टे पाइने र यहाँ रोग प्रतिरोधक क्षमता कम भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विगतमा थाइल्यान्ड र माल्दिभ्समा फाट्टफुट्ट जिका संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा जिका प्रभावित राष्ट्रबाट सिधै वा भारत भएर आउनेबाट यो रोग फैलिने सम्भावना छ । ‘जिका फैलिन संक्रमित व्यक्ति मुलुकमा आउनुपर्छ र यहाँ एडिस (दिउँसो टोक्ने) लामखुट्टेले त्यस्ता व्यक्तिलाई टोकेर अरूलाई टोक्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले भने ।

के हो जिका भाइरस ?

विश्वभरि आतंक मच्चाइरहेको जिका भाइरस डेंगुजस्तै एक प्रकारको भाइरस हो । तर, अन्य भाइरस जस्तै यसबाट बच्न कुनै औषधी वा खोप बनिसकेको छैन । जिका जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ । जिका भाइरसकै कारण भर्खरै जन्मिएका शिशुहरुको टाउको अस्वभाविक रुपमा सानो हुने गरेको छ । यही भाइरसका कारण कतिपय शिशुको मृत्युसमेत हुने गरेको छ । नोभेम्बरदेखि ब्राजिलमा मात्र ४ हजार १ सय ८० शिशुहरु यस्तो असामान्य अवस्थमा जन्मिएका छन् । अहिलेसम्म ५१ शिशुको मृत्यु भएको छ ।

ब्राजिलबाट सुरु भएर २४ मुलुकमा फैलिसकेको जिका अमेरिकाका विभिन्न राज्यहरुमा यस्तो भाइरस देखिएको पुष्टि भइसकेको छ । इलिनोइसमा स्वस्थ्य अधिकारीहरले दुई ओटा गर्भवती महिलालाई अनुगमन गरिरहेका छन् । यो भाइरसका कारण ज्वरो भएकाहरूको जीउ दुख्छ, जोर्नी दुख्छ, शरीरमा बिमिरा देखिन्छ, आँखा सुनिन्छ । हालसम्म जिकाको कुनै खास उपचार वा खोप छैन ।  सन् १९४७ मा युगान्डास्थित ‘जिका’ को जंगलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५४ मा पहिलो पटक मानिसमा भेटिएको थियो ।

कसरी सर्छ जिका ?

एईडेस नाम गरेको लामखुट्टेले एउटा सक्रीय संक्रमण भएको व्यक्तिलाई टोकेपछि यो रोग फैलिने गर्छ । उनीहरुमा लक्षण देखिएको अवस्थामा उनै मानिसहरु रोगको संवाहक बन्ने गर्छन् ।

अधिकांश मानिसहरुमा भाइरसको लक्षण मझौला प्रकारको हुन्छ । संक्रमणपछि बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, र आखा रातो हुन्छ । वास्तवमा ८० प्रतिशत संक्रमितले आफूलाई जिकाको संक्रमण भएको पत्तो नै पाउदैनन् । यो भाइरस गर्भवती महिलाको एमिनियोटिक तरल पर्दाथमार्फत् सर्न थालेपछि यसको चासो झनै बढेको छ । ‘भाइरसले भ्रुणमा असर गर्छ,’ सीडीसी शाखाका निर्देशक डा लाईल पिर्टसन भन्छन् ।

यो भाइरस रगतको आदान–प्रदान, ल्याबमा गरिने एक्सपोज र यौन सम्पर्कबाट पनि सर्ने गरेको छ । सुत्केरी महिलाको दुधमा समेत यो भाइरस देखिएकोले स्तनपान गर्दा समेत यो भाइरस सर्ने विषयमा पुष्टि हुन बाँकी नै भएको बताइन्छ । यौन सम्पर्कबाट जिका सरेको दुईटा घटना देखिएका छन् ।

कहाँ कहाँ फैलियो ?

अहिले जिका भाइरस स्थानीय रुपमा बारबोडस, बोलिभिया, ब्राजिल, केप भर्डे, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, फ्रेन्च गुइएना, ग्वाटेमाला, गुयाना, हैटी, होन्डुरस, मेक्सिको, पानामा, पारागुवे, प्युरेटो रिको, सेन्ट मार्टिन, सुरीनेम, सामोअ, अमेरिकाको भर्जिना टापु , भेनेजुयला लगायतका देशहरुमा देखिएको छ ।

जिका संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । तर, रोग संक्रमित क्षेत्रबाट फर्किएका मानिसहरुमा मात्र । एइडेस एल्बोप्टिस वा एशियन टाइगर लामखुट्टे अहिले अमेरिका विभिन्न क्षेत्रमा फैलिएको छ । गर्भीमा मौसममा बसोबास गर्ने ६३ प्रतिशत अमेरिकी नागरिकमा यो रोग सर्ने हालै टोरोन्टोका अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यस्तै ७ प्रतिशत अमेरिकीमा वर्षैभरी यो रोगको जोखिममा रहेको बताइन्छ ।

कसरी जोगिने ?

अहिलेसम्म कुनै उपचार वा खोपको व्यबस्था नभएसम्मै जिकाबाट बच्नु भनेको जिका प्रभावित क्षेत्रमा भ्रमण नगर्नु हो । यदि प्रभावित क्षेत्रमा भ्रमण गर्नै पर्यो भने विश्व स्वास्थ्य संगठन वा त्यहाँका स्थानीय अधिकारीहरुले ल्याएको लामखुट्टेबाट बच्ने उपायको पालना गर्नुपर्छ । प्रभावित क्षेत्रमा लामो पाइन्ट लगाउनुहोस, लामखुट्टेको टोकाईबाट बच्न बाक्लो लामबाहुले कमिज लगउनुहोस्, एसीयुक्त परीक्षण गरिएको कोठामा सुत्ने लगायतका उपाय अप्नाउन सकिन्छ । यदि तपार्इंलाई जिका संक्रमण छ भने तपाई आफैले पनि अरुलाई सर्नबाट जोगाउन सक्नुहुन्छ । होटल तथा घरका झ्यालहरुमा लामखुट्टे मारेर पनि यस संक्रमणबाट बच्न सकिन्छ ।

जिका रोक्न भइरहेका प्रयन्तहरु

जिकाबिरुद्धको खोपका लागि विश्वभरका प्रयोगशालामा अहिले विभिन्न प्रयासहरुमा जुटेका छन् वैज्ञानिकहरु । यसैवर्षको सुरुवातमा जिका खोप आविश्वकार हुने बताइए पनि अझै २÷३ वर्ष लाग्ने देखिएको छ । खोपको आविश्कार नहुन्जेलसम्म स्वास्थ्य अधिकारीहरुले परम्परागत लामखुट्टे नियन्त्रण प्रविधि जस्तै विषादीको समेत प्रयोग गर्ने योजनामा रहेका छन् ।

२० माघ २०७२/ ८ : ३४

वि.सं.२०७२ माघ २० बुधवार ०८:३१ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...