back
NMB ad

खर्च जुटाउन नसकेपछि माछा पालन गर्दै सहकारी

Kumari bank ad

दमौली । जिल्लाका २ सहकारीले आम्दानीको स्रोत बढाउन लागि माछापालन व्यवसाय सञ्चालन गरेका छन् । व्यास नगरपालिका–९ मा रहेको खहरे कृषि उत्पादक सहकारी संघ र मनपाङ गाविस–२ रहेको छांगेली पहल कृषि सहकारीले माछापालन व्यवसाय गरेका छन् ।

खहरेले ०६६ सालदेखि माछापालन थालेको होे । जिल्ला कृषि विकास कार्यालय तनहुँले उपलब्ध गराएको ३ लाख अनुदान र सहकारीका सेयर सदस्यको लगानीसहित ८ लाख ६० हजारको लागतमा २ वटा पोखरी निर्माण गरी व्यवसाय सुरु गरिएको अध्यक्ष दयाराम शर्माले बताए ।

“माछापालन सहकारीको आम्दानीको राम्रो स्रोत बन्दै गएको छ,” उनले भने, “यद्यपि सोचे जति फाइदा हुन सकेको छैन ।” सहकारीले उत्पादन गरेको माछा खरिदका लागि उपभोक्ता सहकारीमै पुग्ने गरेका छन् ।

गत वर्ष १२ हजार माछाका भुरा राखिएकामा त्यो १२ हजार पनि बढी भएको महसुस भएकाले आउँदो वर्ष फिंगर साइजका बढीमा ४ हजार माछाका भुरा राखिने तयारी गरिएको उनले बताए । माछाका भुरा राख्दा प्रत्येक वर्ष ६० हजार लगानी हुन्छ भने उत्पादन भएको माछाबाट १ लाख ५० हजारसम्म फाइदा हुने गरेको सहकारीले जनाएको छ ।

त्यस्तै छांगेली पहल कृषि सहकारीले ०६९ सालमा माछापालन व्यवसाय सुरु गरेको थियो । २५ रोपनी क्षेत्रफलमा ७ वटा पोखरी खनेर व्यवसाय सुरु गरिएको सहकारीका अध्यक्ष सुर्जकुमार मल्लले बताए । उनका अनुसार माछापालनबाट पहिलो वर्ष ५ लाख र दोस्रो वर्ष ६ लाख आम्दानी भयो । यो वर्ष ६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

माछापोखरी खन्नका लागि सरकारबाट ५ लाख ७० हजार र सहकारीको ४२ लाख ८३ हजार लगानी भएको छ । सहकारीले ग्रास, कमन, नैनी, रहुलगायत जातका माछा पालेका छन् ।

प्रकाशित : कारोबार दैनिक, २६ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २६ बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...