back
NMB ad

खेलकुद क्षेत्रलाई सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री राई

Kumari bank ad

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।खेलकुद क्षेत्र नयाँ ढंगले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौं ।

तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नं १ का खेलाडीहरुको सम्मानमा प्रदेश सरकार प्रदेश नं १ को तर्फबाट आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा आज बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।

खेलाडीहरुले देशको इज्यत, प्रतिष्ठा र शान बढाएको मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले साग प्रतियोगितमा प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरुले देशको साथै प्रदेशको शान बढाएको बताउनुभयो ।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको बताउनुभयो । उहाँले भन्नुभयो खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको छ ।उहाँले खेलाडीहरुलाई व्यवसायीक ढंगबाट अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।

तपाईहरुप्रति सरकारले ठूलो आशा, भरोसा राखेको छ, खेलकुद क्षेत्र अब छाँयामा पर्देन मुख्यमन्त्री राईले भन्नुभयो । खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नुहुने उहाँको धारणा थियो ।

यसैबीच कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशको रुपमा लिनु पर्ने धारणा राख्नुभयो । साग पदक विजेता खेलाडीहरुका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जिविको पार्जनको माध्यम रुपमा समेत लिनु पर्नै बताउनुभयो ।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरुलाई सम्मान गरेको हो ।

पदक विजेता खेलाडीहरुको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो ।

पदक प्राप्त खेलाडीहरुलाई ८० लाख नगद उनिहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुको खेल क्षेत्रमा हौसला बढेको बताउनुभयो ।

वि.सं.२०७७ असार ३१ बुधवार १८:०० मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...