back
NMB ad

गाउँ नगरमा काँग्रेस संस्थापन र देउवा पक्षको कडा टक्कर

Kumari bank ad

नवलपरासी । नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिबेशनका लागि गाउँ नगर निर्वाचनमा संस्थापन पक्ष र देउवा पक्षको कडा टक्कर देखिएको छ । माघ १५ र १६ गते भएको निर्वाचनमा यस्तो देखिएको हो ।

सात वटा नगरपालिका रहेको नवलपरासीमा गैंडाकोटबाट तारापति खरेल, देवचुलीबाट पूर्णकुमार श्रेष्ठ, कावासोतीबाट मुकुन्द भट्टराई, मध्यबिन्दुबाट दुमन भण्डारी, बर्दघाटबाट शम्भुलाल श्रेष्ठ, सुनवलबाट सोमबहादुर रायमाझी ( पप्पु) र रामग्राम नगरपालिकाबाट नारायण रेग्मी सभापतिमा निर्वाचित भएका छन् । गैडाकोट , देवचुली , मध्यबिन्दु र सुनवलबाट नगर सभापति निर्बिरोध निर्वाचित भएका हुन् ।

वर्दघाटबाट निर्वाचित शम्भुलाल श्रेष्ठ , सुनवलका रायमाझी, र रामग्रामका रेग्मी देउवा पक्षका हुन् । रायमाझी निर्बिरोध निर्वाचत भएका हुन् । श्रेष्ठले संस्थापनका इन्द्र सापकोटा र रेग्मीले उमेश पौडेललाई अत्याधिक मत अन्तरले हराएका हुन् ।

कावासोतीका मुकुन्द भट्टराईले अमृत श्रेष्ठलाई पराजित गरी सभापति भएका हुन् । उनले १४८६ मतमा ८३९ मत ल्याएर बिजयी भएका हुन । श्रेष्ठले ५६८ मत पाएका थिए । सचिवमा श्याम बस्ताकोटीले ८४५ मत पाएर विजयी भएका छन् भने अर्का उम्मेदवार सालिकराम सापकोटाले ५१६ मत पाएका छन् । काँग्रेसको गाउँ र नगरमा प्रत्यक्ष सभापति , सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित भट्टराई र सचिवमा निर्वाचित बस्ताकोटी संस्थापन पक्षका हुन् ।

महाधिबेशन प्रतिनिधिद्धय झपेन्द्रश्वर भुसाल, जनकराज ढुङ्गाना, जिल्ला सदस्य महेन्द्र पोखरेल, नेपाल शिक्षक संघकी नेतृ बिष्णु पाण्डे, वर्डाबाटै पराजित भएका छन् । पराजित पोखरेल बाहेक सबै संस्थापनका हुन् ।

माघ २२ गते क्षेत्र र २५ गते जिल्ला अधिबेशन हुदैछ । जिल्ला अधिबेशनमा झण्डै एक हजार पचास प्रतिनिधि सहभागी हुने छन् । क्षेत्र नं. १, २, र ३ मा संस्थापन पक्ष बलियो देखिएको तर क्षेत्र नं. ३ मा देउवा पक्षले आफ्नो अवस्था सुधारिएको जनाएको छ । ४, ५ र ६ मा देउवा पक्ष हावी रहेका छन् । तर संस्थापन पक्षले ६ नम्बर क्षेत्रमा आफ्नो पकड रहेको दावी गरेको छ ।

सभापतिको उम्मेदवारमा संस्थापनबाट महेन्द्रध्वज जिसी र देउवा पक्षबाट देवेन्द्रराज कँडेल चुनावी प्रतिस्पर्धामा छन् । कँडेल वर्तमान सभापति हुन् । वर्तमान सचिव बिष्णु लामिछाने पनि सभापतिका बलिया दावेदार हुन् । उनलाई पितृशोक परेकाले उनको उम्मेदवार कस्तो हुने हो भन्ने छ स्रोतले भन्यो ।

१७ माघ २०७२ /१०:४६:३६

वि.सं.२०७२ माघ १७ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...