back
NMB ad

चर्को शुल्क, कमजोर पढाई

Kumari bank ad

काठमाडौँ । ललितपुरको ग्रीनतारा नर्सिङ कलेजमा प्रमाणपत्र नर्सिङ पहिलो बर्षमा ४० जनाले परीक्षा दिएका थिए ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयले एक साताअघि सार्वजनिक गरेको नतिजामा नौ जनामात्रै उत्तीर्ण भए । अरु सबै बेसिक साइन्स विषयमा अनुत्तीर्ण भए ।

यस्तै, चितवनकै ओसिस मेडिकल कलेजमा ३९ जनाले परीक्षा दिएकोमा पाचँ जना मात्रै उत्तीर्ण भए ।  प्रिन्सिपल शर्मिला गजमेरका अनुसार गत वर्ष एक जना मात्रै उत्तीर्ण भएको सो कलेजमा यो बर्ष केही सुधार आएको हो ।
चितवनको आशा मेडिकलमा४० जनाले परीक्षा दिएकोमा बेसिक साइन्समै २७ जना फेल भए । यही विषयमा बाँकेको वेस्टर्न अस्पतालमा ४० मध्ये ३५ जना अनुत्तीर्ण भए चितवनकै बालकुमारी कलेजमा पनि ४० मध्ये २० विद्यार्थी बेसिक साइन्समा अनुत्तीर्ण भएको कार्यालयले जनाएको छ ।

सिटीईभिटीका ९७  नर्सिङ कलेजमध्ये तीन वटाको मात्रै शतप्रतिशत नतिजा छ । त्यसमा तानसेन नर्सिङ स्कुल, नेपाली सेनाको इन्स्टिच्युट अफ हेल्थ साइन्स र वेस्टर्न एकेडेमी छन् ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयका अनुसार ९७ नर्सिङ कलेजबाट ३ हजार ७ सय ९४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

सिटीईभिटीले लिएको प्रवेश परीक्षा हजारौलाई पछाडी पारेर उत्तीर्ण भएका नर्सिङ अध्ययन गरेका हुन्छन् । कान्तिपुर दैनिकमा छ ।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार ११:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...