back
NMB ad

चामल पाएनन् जाजरकोटका स्थानीयवासीले

Kumari bank ad

काठमाण्डौं । नेपाल खाद्य संस्थानले शुक्रबार चामल बाँड्ने खबर पाएपछि रोकायगाउँ मुलसामकी ५१ वर्षीय काली रोकाय दिनभर हिँडेर नायकवाडा–७ घाट पुगे । मुलसामबाट बिहान सवेरै हिँडेपनि बच्चा पिठ्यूँमा बोकर आउँदा साँझ झण्डै ५ बजिसकेको थियो ।

उनी खाद्यान्न वितरण भएको स्थान घाट डिपोमा पुग्दै गर्दा जिल्ला सदरमुकामबाट लिएको खाद्यान्न चार गाविसका स्थानीयलाई प्रतिव्यक्ति पाँच किलोका दरले भागमा परेका देख्दा निरास मात्र भएनन्, आँखाबाट आँसु नै झारे । उनलाई लागेको थियो, सात महिनापछि पुगेको खाद्यान्न प्रतिव्यक्ति ३० किलोसम्म भाग पर्ला, त्यही खाद्यान्न लिएर चैतेदसैँ मनाउँला, तर कालीको मनको कुरा सपनामामात्र भयो । उनको भागमा त्यही पाँच किलो चामल पनि परेन ढिला आएका कारण ।

उनीजस्तै नायकवाडा–९ धुमाका महेन्द्र चलाउने बिहान उठ्ने बित्तिकै चामल लिन हिँडेको बताउँदै भने, ‘हामी आउँदा सबै चामल वितरण भइसकेको रहेछ, खाली हात घर फर्कदै छु ।’

काली र महेन्द्र त प्रतिनिधिपात्र मात्र हुनुहुन्छ । दर्जन बढी स्थानीय सात महिनापछि आएको १५० क्विन्टल चामल अपुग भएपछि रित्तो हात फर्केका छन् ।

दिनभर हिँडेर बेलुका रित्तो हात फर्कदा रुष्ट भएका स्थानीयले संस्थानविरुद्ध नाराबाजीसमेत गरेका थिए । ‘न घरको काम भयो, न चामल नै पाइयो, हामीलाई दुःख दिने,’ छिटो चामलको व्यवस्था गर्न माग गदै उनीहरुले भने । कसैले पाँच किलो चामल लिएर त कसैले रित्तो हात पर्कनु परेपछि उनीहरुले पैसा हालेर पनि खाद्यान्न पाउन नसक्ने भन्दै विलौना पोख्न पनि भ्याएका थिए ।

‘पाँच हजारभन्दा बढी घरधुरी रहेको यहाँको बारेकोटमा वार्षिक खाद्यान्नको एक हजार कोटा निर्धारण गरिएको छ । यो कोटा एक तिहाइ परिवारलाई पुग्दैन,’ आक्रोशित स्थानीय जनकबहादुर शाहीले भने, ‘औंसी, पूर्णिमामा टीका लगाउनका लागिमात्र सरकारले यो चामल पठाएको रहेछ ।’

उत्ता पश्चिमको दसेरा र पजारु गाविसका रहेका दुई वटा डिपोमा अहिलेसम्म एक गेडा चामल पुगेको छैन । ठेकेदारले खाद्यान्न ल्याउन सम्झौता गरेको पाँच महिना बित्तिसक्दा पनि यी दुई डिपोमा अहिलेसम्म खाद्यान्न नपुग्दा खाद्यान्न सङ्कट देखिएको हो । खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगन्जबाट यी दुई डिपोमा चामल ढुवानी हुनेगर्दछ ।

जिल्ला कार्यालयबाट पटकपटक ठेकेदारलाई आग्रह गरेपनि अहिले सम्पर्क हुन नसकेको बताउँदै शाखा प्रमुख धर्मबहादुर बस्नेतले भने, ‘ठेक्का रद्द गरी अर्को ठेकेदारलाई ढुवानीको जिम्मा दिने निष्कर्षमा पुगेका छौँ ।’

सदरमुकाममा चामल बिक्री नभएर गोदाममा थन्किएको छ । गाउँमा भने चामल नहुँदा स्थानीय हैरान भएका छन् । पुरानो अन्न सकिएको र नयाँ अन्न नभित्रिएका कारण खाद्य सङ्कट चुलिएको हो । यहाँका ग्रामीण क्षेत्र सडक सञ्जालले नछोएका कारण बजारमा सहजै खाद्यान्न पाउन मुस्किल रहेको छ ।

खच्चडमा ढुवानी गरिएको खाद्यान्न महँगोका कारण छोइसक्नु नभएको रामीडाडाँका दलबहादुर पुनले बताए । सामान्य गरिब परिवारले खाद्यान्न खरिद गर्न र परिवार पाल्नकै लागि भए पनि कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको पुनले थपे ।

भारतबाट कमाएर ल्याएको रकमले खाद्यान्न खरिद गर्नमा ठिक्क हुने भएकाले बालबच्चाको शिक्षादीक्षा र पारिवारिक समस्या हल गर्न नसकेको स्थानीयवासी नरबहादुर थापाले गुनासो गरे ।

जिल्लाको ३० हजारभन्दा बढी घरधुरीका लागि १० हजार खाद्यान्नको कोटा सरकारले निर्धारण गरेको छ । सदरमुकामको चामल बर्सेनि बिक्री नभएर थन्किने गरेको छ भने गाउँमा अक्षता बनाउने चामलसम्म नपाइने गरेको स्थानीयको भनाइ छ ।

प्रकाशितः २०७२ चैत्र १३

वि.सं.२०७२ चैत १३ शनिवार १५:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...