back
NMB ad

ट्राफिक प्रहरीले अब सेवाग्राहीलाई ‘तँ’ नभन्ने

Kumari bank ad

ट्राफिक प्रहरी अब सेवाग्राही मैत्री हुने भएको छ। सडकमा कार्यरत ट्राफिक प्रहरीले सभ्य भाषामा कर्तब्य पालना गर्दै जिब्रोको गरिमालाई पालना गर्नुपर्ने ट्राफिक प्रहरीका डिआजी जयबहादुर चन्दले बताए।

बिहीबार ललितपुरका ट्राफिक प्रहरीहरूलाई कक्षा लिँदै चन्दले सडक प्रयोग कर्तालाई सभ्य भएर व्यवहार गर्न अनुरोध गरेका छन्। नमस्कार गरेर चेकिङ सुरू गर्ने भन्दै उनले सकारात्मक सोच राखेर जिब्रोको बोलीमा मिठो गरिमा भन्ने भनाइलाई पालना गर्नुपर्ने बताए।

गल्ती गर्नेलाई पनि मुस्कान दिएर निजको गल्तीको बारेमा उसैलाई लाज लाग्ने तरिका अपनाउनु पर्ने चन्दले बताए। ‘चेकिङमा मात्र राम्रो व्यवहार गरेर हुन्न। हर समयमा राम्रो व्यवहार गर्नुपर्छ,’ उनले भने,‘ कारबाही मात्र गर्ने होइन जनचेतना पनि जगाउने काम गर्नुपर्छ।’

ट्राफिक पुलिस धैर्यवान हुनुपर्ने र सडक प्रयोगकर्ता रिसाएपनि आफू नम्र भएर कर्तब्य पालना गर्नुपर्ने उनले ट्राफिक प्रहरीमा अनुरोध गरेका छन्। कालो मुख लगाएर, रिसाएर गल्ती गर्नेलाई गाली गर्ने काम नगर्न उनले सबैलाई अनुरोध गरेका थिए।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाक्षेथुले नेपालमै पहिलो पल्ट यस्तो कार्यको सुरूआत ललितपुरबाट गरेकाले हामी सबै उत्सुक र दिएको निर्देशन पालना गर्न तयार रहेको बताए।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:४३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...