back
NMB ad

खुवा बेचेर ३० हजार कमाउँछन् ढुंखर्कका अर्जून प्रसाद

Kumari bank ad

काभ्रे  । काभ्रे ढुंखर्कका अर्जून प्रसाद तिमल्सिना बिहान ४ बजेदेखि साँझसम्म खुवा निर्माणमा खट्छन् । बिहानै गाउँका किसानहरु सँग दुध खरीद गर्ने र त्यसलाई घोटेर खुवा बनाउनु उनको दैनिकी हो । यो उनको पुख्यौंली काम हो । उनी दैनिक ३ सय लिटर दुध किन्छन र १ सय किलो खुवा बनाउँछन् । यो कामबाट उनले परिवारका चार जनालाई रोजगारी समेत दिएका छन् ।

तिमल्सिनाले मासिक ३० हजार मुनाफा कमाउँछन् । उनि उदाहरण मात्र हुन् गाबिसमा मात्र ६ ठाउँमा उनी जस्तै अगुवा किसानले खुवा बनाउँछन् भने ७ देखि १० ठेकेदारहरुले खुवा लैजान्छन् ।

कृषि पेशा अन्तरगत मुख्य कार्य पशुपालन बनाएका काभ्रेका ग्रामिण भेगका कृषकको आय आर्जनको स्रोेतनै गाई भैसीको दुधबाट खुवा बनाउनु र बेच्नु बनेको छ । दिन दिनै बढ्ने बजारभाउसँग समायोजन हुन नसके पनि खुवा उत्पादन कार्य आयको राम्रै बाटो बनेको कृषक बताउँछन् । डाँडापारी क्षेत्रका ११ गाविसमा उत्पादन गरिने खुवा ढुङखर्क, कामीडाँडा, सिपाली हुँदै बजारसम्म पुग्ने गर्दछ ।

डाँडापारी क्षेत्र लगायत ढुङखर्क, भुग्देउ, शङखु, च्यांसिङखर्क लगायतका क्षेत्रमा प्रशस्त खुवा उत्पादन गरिने पनौतीका खुवा ब्यबसायी फणिन्द्र दाहालले बताए । १६ सय धार्नीमा किनेर १८ सय धार्नीमा विक्रि गरिने खुवाको कृषकले हरेक महिनामा भुक्तानी पाउने गरेकाछन् । काभ्रबाहेक सिन्धुपाल्चोक र ललितपुरका गाँउहरुबाट समेत खुवा पनौती ल्याईने गरीन्छ । ‘जिल्लाको मुख्य खुवा संकलन केन्द्रनै पनौती बनेको छ । हरेक दुई दिनमा पाँच हजार धार्नी भन्दा बढी खुवा संकलन हुन्छ ।’– दाहालले थपे ।

कृषकले घर घरमानै घोटेर वा दुध संकलन गरी खुवा बनाउने गर्दछन् । घरमा घोटेको खुवाको तुलनामा दुध संकलन गरी भट्टामा घोटिने खुवाको गुणस्तर राम्रो भएका कारण मुल्य पनि बढि रहेको व्यवसायीहरु बताउँछन् । ढुंखर्क, भुग्देउ, शङखु, च्यासीङखर्क, च्याम्राङबेशी, सिपाली लगायतका क्षेत्रमा दुध संकलन गरी खुवा बनाउने भट्टाहरु दर्जनौको संख्यामा रहेका छन् भने महिनाको करिब ७५ हजार धार्नीभन्दा बढी खुवा बेच्दै आएका किसान मासिक रुपमा ३ करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

भट्टाहरुले प्रतिमाना दुधको २५ देखि ४० रुपैया सम्ममा खरीद गर्ने गरेका छन् । ‘मोटरबाटो लगायतको असुबिधाका कारण डाँडापारी क्षेत्र कृषकको मुख्य पेशा खुवा बनेको हो, गोठ भरी गाई भैसी पालिन्छ, उत्पादित दुधको खुवा बनाउनु भन्दा दोस्रो बिकल्पनै छैन, खुवा उत्पादन ब्यबसाय त बाध्यतानै बनेको छ ।’– काभ्रेको विकट गाविस गोकुलेका सुरेश लामाले बताए ।

डाँडापारीमा उत्पादित खुवा आठदेखि बाह्र घण्टासम्म भरियालाई बोकाएर गाडि पाउने ठाँउ सिपाली या कामीडाडा सम्म ल्याउने गरीन्छ । १ धार्नी खुवा बोके बापत भरियाहरुलाई ३५ रुपैयाँसम्म तिर्नुपर्छ, एक जना भरीयाले २७ धार्नीसम्म खुवा बोक्ने गरेका छन् ।

कपिल कोईराला/कारोबार १७ माघ, २०७२

वि.सं.२०७२ माघ १७ आइतवार ०९:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...