back
NMB ad

तस्करको नयाँ धन्दा गाँजाको जुत्ता, चरेसको सोल

Kumari bank ad
काठमाडौं  । विदेशीमाझ प्रिय गाँजाका बोटको रेसाबाट बनेका खैरा जुत्ता। अनि त्यही जुत्ताको कालो सोल। स्थलमार्गबाट भारत पठाएर त्यहाँबाट समुन्द्री मार्ग हुँदै युरोपेली मुलुक पुर्याखउन तयारी अवस्थामा रहेको जुत्ताको चाङ अहिले लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको गोदाममा छ। गाँजाको रेसाबाट बनेको जुत्ता ब्युरो कार्यालय पुग्नुको कारण हो– त्यसमा हालिएको कालो सोल त चरेसको पो रहेछ।

युरोपेली मुलुकमा माग हुने काँस, ढलोटका हस्तनिर्मित सामग्रीमा लुकाएर चरेस तस्करी गर्दा सहजै प्रहरीले चाल पाउन थालेपछि कहलिएका चरेस तस्कर दिलबहादुर गुरुङले नयाँ उपाय अपनाउँदै गाँजाको रेसाबाट तयारी हुनै लागेका जुत्ता खरिद गरी त्यसको सोल चरेसको बनाई इटली, क्यानडा, हङकङ र चीनतिर तस्करी गर्दै आएको नागरिक न्युजमा खबर छ ।

ब्युरोका डिआइजी केशरीराज घिमिरेका अनुसार उनले चरेस लुकाउन बुद्धसम्बन्धी धार्मिक किताबलाई समेत उपयोग गरेका थिए। बूढानीलकण्ठ–१२, नारायणचोकमा रहेको एक घरमा चरेस प्याकिङको काम हुने सुराकी पाएको ब्युरोको टोलीले माघ १८ मा अक्कलबहादुर तामाङको फ्ल्याट पुग्दा त्यहाँ धमाधम चरेस पेलेर जुत्तामा सोलका रुपमा टाँस्ने अनि धार्मिक पुस्तकको कभरमा लुकाउने काम भइरहेको फेला पार्यो्।

प्रहरीले ९० किलो चरेस, दुई बोरा जुत्ता अनि धार्मिक पुस्तकको डुंगुरसहित अक्कलबहादुर र उनीसँगै रहेका धनबहादुर गुरुङलाई पक्राउ गर्योि। लगत्तै प्रहरीले धनबहादुर गुरुङ र नरबहादुर गुरुङलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा ती सामान २०२७ सालदेखि चरेसको धन्दामा सक्रिय कहलिएका तस्कर दिलबहादुरको रहेको खुलेपछि प्रहरीले सोही दिन समूहका अर्का सदस्य नरबहादुर गुरुङ र त्यसको दोस्रो दिन दिलबहादुरलाई लाजिम्पाटको पानीपोखरीबाट पक्राउ परे।

प्रहरीले उनीहरुको साथबाट चरेससँगै, चरेस पेल्न प्रयोग हुने सामग्री, चिनियाँ मुद्रा, अमेरिकी र हङकङ डलर, हङकङको सिमकार्ड र भारतीय रुपैयाँसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका अन्य तीन गुरुङका सहयोगी हुन्। उनले सहयोगी परिचालन गरी धादिङ, मकवानपुरमा गाँजा पेलेर चरेस बनाएर थोरै परिमाणमा काठमाडौं भिœयाएर मेसिनले पेली हस्तकलाका सामग्री, जुत्तामा लुकाएर विदेश पठाउँदै आएका थिए।

पक्राउ परेका मध्ये धनबहादुर र नरबहादुर भरिया हुन्। उनीहरुले प्रतिखेप ५० देखि ७० हजार रुपैयाँसम्म लिएर विभिन्न हस्तकलामा लुकाइएको सामग्री स्थलमार्गबाट भारत पुर्यातउने गरेका थिए। धादिङ, मकवानपुरबाट गाँजा संकलन गरी काठमाडौंमा ल्याउन नरबहादुर सक्रिय थिए। उनले ल्याएको सामग्री अन्यले प्रतिकिलो ५ हजार लिने गरी मेसिन प्रयोग गरेर पेलेर विभिन्न सामानमा प्याकिङ गर्ने गरेका थिए।

प्रहरीका अनुसार दिलबहादुर भारत गएर त्यहाँ पुगेको सामान समुन्द्रीमार्गहुँदै युरोप र हङकङ पठाउन सक्रिय थिए। ‘दिलबहादुरले सबै काम नरबहादुरमार्फत गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ ब्युरोका एक अधिकारीले भने, ‘चरेस युरोपसम्म पुर्या्उने, चरेस खरिदकर्ता खोजी गर्ने काममा उनी आफैं संलग्न देखिएका छन्।’

पक्राउ पर्दै, धरौटीमा निस्कँदै

ब्युरोका प्रहरी अधिकारीका अनुसार दिलबहादुर अर्का कहलिएका चरेस तस्कर देवेन्द्र छपाली मगरकै समकालीन हुन्। २०२७ देखि निरन्तर लागुऔषधको कारोबारमा संलग्न मगर २०३३ मा गाँजा–चरेस कारोबार प्रतिबन्धित भएपछि पनि सक्रिय थिए। २०३६ सालबाट पटक–पटक पक्राउ पर्दै छुट्टै आएका थिए। क्यानडामा सिरक निर्यातको आवरणमा उनले चरेस तस्करी गर्दै आएको अवस्थामा उनलाई ब्युरोले २ वर्षअगाडि सितापाइलामा रहेको एक घरमा छापा मारेर सहयोगीसहित पक्राउ गरेको थियो।

२०५४ मा प्रहरीको राडरमा आएका दिलबहादुर पनि पहिलोपटक पक्राउ परेका होइनन्। उनी पनि मगरझैँ पटक–पटक पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्दै पुनः धन्दामा सक्रिय भइरहेका तस्कर हुन्। छपाली मगर पक्राउ परेर कारागार चलान भएपछि उनी चरेस तस्करीमा थप सक्रिय भएका थिए।

‘गुरुङ नेपालमा सक्रिय चरेस तस्करमध्ये सबैभन्दा बलियो र संगठित समूहमध्येकै हुन्,’ ब्युरोका एसएसपी गणेश केसीले भने, ‘उनलाई पक्राउ गर्नसक्नु ब्युरोको ठूलै उपलब्धि हो।’

प्रहरी रेकर्डअनुसार गुरुङ सबैभन्दा पहिले २०५४ मा प्रहरीको नोटिसमा आएका थिए। त्यो वर्ष प्रहरीले थानकोट बसपार्कबाट ना.अ.ख.३११५ नम्बरको ट्याक्सीबाट ५० किलो चरेससहित दीपेन्द्र मगर र रामबहादुर हमाललाई पक्राउ गरेको थियो।

घिमिरेका अनुसार अनुसन्धानमा उक्त समूहका सञ्चालक गुरुङ रहेको खुले पनि उनी तत्काल पक्राउ परेनन्। २०५९ जेठ १८ मा धापासीमा रहेको गुरुङकै घर छापा मारेर १० किलो चरेससहित उनलाई पक्राउ गर्यो । मुद्दा जिल्ला अदालत पुगेपछि उनी ३० हजार धरौटीमा रिहा भए। धरौटीमा छुटेलगत्तै उनले पुनः आफ्नो समूह संगठित गरेर चरेसधन्दा सुरु गरे।

तत्कालीन लागुऔषध नियन्त्रण इकाइले २०६० फागुन ८ मा सेरामिक भाँडामा चरेस लुकाएर क्यानडा पठाउन लागेको अवस्थामा अशोककुमार सुवेदीलाई पक्राउ गर्यो०। सेरामिक कप, कचौरा, गमलामा लुकाइएको चरेसको तौल ६ सय ६९ किलो थियो। प्रहरीले सुवेदी र मोहनकृष्ण रिसाललाई पक्राउ गरी अनुसन्धान गर्दा बरामद चरेस दिलबहादुरकै रहेको खुलेपछि २०६१ पुस २६ मा उनलाई पनि पक्राउ गर्यो्।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च पुगेपछि त्यहाँको आदेशमा उनी एक वर्षपछि ९ लाख धरौटी राखेर तारेखमा छुटे। सोही मुद्दामा २०६३ चैत २६ मा जिल्ला अदालतले अन्तिम फैसला गर्दै ८ वर्ष कैद ८० हजार जरिवाना गरेपछि उनी २०६४ साउन २२ मा पुनः पक्राउ गरी चलान भए।

कैद भुक्तान गरेर २०७० साउनमा निस्केका दिलबहादुरलाई ब्युरोले २०७२ जेठ २८ मा २०५४ को मुद्दामा पक्राउ गरी जिल्ला अदालतमा बुझायो। अदालतले २ लाख धरौटी लिएर छाडिदियो। ब्युरोका एसएसपी केसीका अनुसार प्रारम्भिक बयानमा जेठमा धरौटीमा छुटेपछि उनले यसरी नै दुईपटक चरेस इटली पठाएको खुलेको छ।

पछिल्लो समय उनी चरेसको ‘डिल’ गर्न हङकङ पुगेका थिए। भारत हुँदै समुद्री मार्गबाट चरेस हङकङ भिœयाएर त्यहाँबाट क्यानडा र इटली पुर्यालउन ‘डिल’ गरेर उनी तीन दिनअघि मात्र नेपाल फर्किएका थिए।

नेपाल फर्किएर डेलिभरी गर्ने सामान मिलाउँदै गर्दा उनी ९० किलो चरेससहित पक्राउ परे।

‘दिलबहादुरको नेपालमा रहेका अन्य सहयोगी र अन्तर्राष्ट्रिय नेटवर्क पहिल्याउनु हाम्रो मुख्य प्राथमिकता हो,’ ब्युरोका डिआइजी घिमिरेले भने, ‘यसका लागि हङकङ, क्यानडा र इटलीका प्रहरीसँग समन्वय गरिरहेका छौं।’

२१ माघ २०७२

वि.सं.२०७२ माघ २१ बिहीवार ०८:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...