back
NMB ad

दल, समुदाय क्षेत्रभन्दा देश ठूलो–प्रधानमन्त्री

Kumari bank ad

pmकाठमाडौं । सरकार र संघीय समावेशी मधेसी गठबन्धन बीच भएको पछिल्लो वार्ता सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको वार्ता दुई घण्टा चलेको र सकारात्मक रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

वार्तामा गठबन्धनले विगतमा राखेको नौ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस्मरण गराएको थियो । प्रधानमन्त्री ओलीले कुनै दल, समुदाय वा क्षेत्र भन्दा देश ठूलो भएकोले सबैले देशका लागी सोचेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रम ओलीले गठबन्धनका नेताहरुलाई शान्ति, लोकतन्त्र,सामाजिक न्याय,समृद्धि र राष्ट्रिय एकताका पक्षमा उभिन आग्रह गरेका छन् । गठबन्धनले सरकार समक्ष पेश गरेको ध्यानाकर्षण पत्रमा पुनर्विचार गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

सरकार र गठबन्धन बीचको वार्तामा ठोस र सबैलाई मान्य हुने प्रस्ताव ल्याउनका लागि दुवै तर्फबाट दुई÷दुई जना रहने एक समिति गठन गर्ने सहमति भएको छ । छलफलमा प्रधानमन्त्रीले ब्यक्त गरेका धारणा र गठबन्धनका धारणालाई संयोजन गरेर समितिले थप गृहकार्य गरी अर्को वार्ता गर्ने सहमति भएको छ ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, एमालेका वरिष्ठ नेता झलनाथ खनाल गठबन्धनका तर्फबाट तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी लगायतको उपस्थिति थियो ।

वि.सं.२०७२ पुस १ बुधवार ०७:४९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...