back
NMB ad

दश रुपैयाँ लगानीबाट पचाश लाख आम्दानी

Kumari bank ad

चितवन । अरुले दिएको १० रुपैयाँले किनेको बिउबाट दैनिक एक क्वीन्टल च्याउ बिक्री गर्ने क्षमता होला भन्ने उहाँलाई पहिले लागेको थिएन । अरुको साइकल मर्मत गरेर गुजारा चलाउँदै गर्दा आफ्नै कार चढेर हिँडिएला भन्ने पनि लागेको थिएन ।

बसाईँ सरेर आएको गाउँमा छरछिमेकीले समेत राम्रोसँग नचिनेको अवस्थामा देशकै नमुना किसान बनिएला भन्ने विश्वास पनि थिएन । आफ्नो विगत सम्झँदा अहिले उहाँलाई सपना जस्तै लाग्छ ।

२०२६ सालमा चितवनको पुरानो पदमपुरमा जन्मिएका बाबुराम केसीको बाल्यकाल दुःखमै बित्यो । आर्थिक अभावले कक्षा ८ सम्मको मात्र अध्ययन गर्न पाउनुभएका केसी घरको एक मात्र छोरा भएकाले पारिवारिक दायित्व धेरै थियो । परिवारलाई नियमित खर्च चलाउन समस्या परेपछि केसी कामको खोजीमा भारत पुग्नुभयो । एक वर्षको भारत बसाइपछि गाउँ फर्किएर साइकल मर्मत गर्ने पसल खोल्नुभयो ।

दुई वर्ष अरुका पुराना साइकल बनाएर गुजारा चलाएको केसी बताउनुहुन्छ । २०५१ सालमा पुरानो पदमपुर स्थानान्तरण भएर नयाँ पदमपुरमा बस्ती सारियो । त्यही वर्ष नै केसी परिवार नयाँ पदमपुर आए । नयाँ पदमपुरमा नापीको काम भइरहेकोले नापी काममा सहयोगीको रुपमा केही समय काम गर्दा नयाँ पदमपुरको हावा पानी, माटोको बारेमा बुझ्ने अवसर पाएको उहाँ बताउनुहुन्छ ।

उहाँलाई च्याउ खेती गर्ने सोच नयाँ पदमपुरमा पुगेपछि आयो । २०५१ सालदेखि नै रेडियो, टिभी, पत्रपत्रिकामा च्याउ खेतीका बारेमा आउने कुरालाई खुबै चासोका साथ सुन्ने, हेर्ने तथा पढ्ने गरेको उहाँ बताउनुहुन्छ । २०५८ सालमा पाएको च्याउ खेतीको तालिम आफ्नो भविष्यको दरिलो जग भएको भन्दै केसीले तालिमपछि आयोजकले दिएको १० रुपैयाँ बराबरको सामग्री नै आजको आम्दानीको सुरुवात भएको बताउनुभयो ।

सुरुमा त्यही १० हजार लगानी गरेर काम सुरु गर्दा राम्रै उत्पादन भएपछि आफैले साइकलमा घर घरमा च्याउ बेच्न हिँडेको बताउनुहुन्छ । अहिलेसम्म च्याउ खेती गर्नकै लागि २६ लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा १७ जनाले रोजगारी पाएका छन् । हरेक महिना ७० हजार रुपैयाँ भन्दा बढी च्याउबाटै आम्दानी हुने गरेको केसी बताउनुहुन्छ । उत्पादन गरेको च्याउको बजार चितवनमात्र नभएर आसपासको जिल्ला समेत रहेको छ ।

च्याउ खेती गरेरै दुई तलाको पक्की घर बनाएका केसीले ५ कठ्ठा जमिन समेत किन्नुभएको छ । सुरुमा तालिममा सहभागी हुन १५ सय रुपैयाँ खोज्नको लागी ऋण खोज्नु पर्ने अवस्था थियो । तर अहिले उहाँले च्याउबाटै ६० लाखको सम्पत्ति जोड्नु भएको । साइकलबाट कार चढ्ने हुनुभएको छ । उहाँले गएको पाँच वर्षदेखि च्याउको बिउ समेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।उहाँले उत्पादन गरेको च्याउको बिउ किन्न चितवनसहित आसपासका जिल्लाबाट पनि किसान आउने गरेका छन् । च्याउ खती गर्ने तरिका हेर्न र बुझ्नको लागि चितवन बाहेका जिल्लाबाट मात्रै एक सय २० भन्दा धेरै टोली आइसकेका छन् । चितवनबाट मात्रै चार सय भन्दा बढी टोली उहाँले गरेको च्याउ खेती अवलोकन गर्न आएका छन् ।

दुःख र मेहनत नगरी केही नहुने बताउँदै केसीले लाखौं रुपैयाँ लगानी गरेर विदेश जाने युवाले च्याउ खेतीमा लाग्ने हो भने सम्भावना धेरै रहेको बताउनुभयो । एक लाख रुपैयाँ लगानी गरेर खाडी मुलुक जानु भन्दा त्यो एक लाख लगानी गरे हरेक महिनामा ५० हजार आम्दानी गर्ने सरल उपाय च्याउ खेती नै रहेको उहाँले बताउनुभयो ।

स्रोत : उज्यालो अनलाई, ७ फागुन, २०७२, १.३०

वि.सं.२०७२ फागुन ७ शुक्रवार १५:१२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...