back
NMB ad

दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद !

Kumari bank ad

भक्तपुर । भक्तपुर जिल्ला अदालतले आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ ।

आज अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका २० वर्षका एक युवकले आफ्नै २२ वर्षकी दिदीलाई गत कात्तिक १२ गते जबर्जस्ती बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको अदालतले जनाएको छ ।

अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नंको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।

भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत सञ्चालकले निकालेपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण कोषबाट तत्कालका लागि रु दुई लाख उपलब्ध गराउने फैसला गरेको उनले जानकारी दिए ।

वि.सं.२०७२ फागुन २८ शुक्रवार १९:१५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...