back
NMB ad

दुर्घटनामा तीनको मृत्यु, दुई घाईते

Kumari bank ad

भक्तपुर। गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ । घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै  २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन् । घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले  विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ वर्षीय परशुराम ढकाल र ३५ वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि जिल्लास्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १५

वि.सं.२०७३ कात्तिक १५ सोमवार १२:०५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...