back
NMB ad

धनुषामा किशोरी शिक्षामा भ्रष्टाचार भएको खुलासा

Kumari bank ad

धनुषा । जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ ।

विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । तर कार्यक्रम सञ्चालनको जिम्मा पाएको संस्था लाइफ नेपालले बजेट दुरुपयोग गर्दै शिक्षा कार्यालयलाई जानकारी नै नदिई कागजी रुपमा कार्यक्रम चलाइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यक्रम अधिकृत शशी यादवले बताए ।

युनिसेफको सहयोगमा लाइफ नेपालले जनकपुर उपमहानगरपालिकासहित जिल्लाका ३० स्थानमा किशोरी शिक्षा सञ्चालन गरे पनि पछिल्लो समय नियमित रुपमा कक्षा सञ्चालन नहुँदा योजना प्रभावकारी नभएको जिशिका धनुषाले जनाएको छ । जिल्लाको फुलगम्मा र तारापट्टी गाविस, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुर उपमहानगपालिकासहित ३० स्थानमा सञ्चालन गर्नुपर्ने कक्षा संस्थाको लापरबाहीका कारण नियमित हुन सकेको छैन ।

कार्यक्रम सञ्चालन सम्बन्धमा उक्त संस्थाले जिशिका र सम्बन्धित गाविस सचिवलाई जानकारी दिनुपर्ने हुन्छ । तर लाइफ नेपालले कार्यक्रम सञ्चालन भइरहेको बताए पनि सम्बन्धित स्थानीयवासीले कार्यक्रम सञ्चालन नरहेको बताएका छन् । कुल ३९ लाख ४८ हजार ७०० को बजेटमध्ये कक्षा नै सञ्चालन नगरी लाइफ नेपालले जिशिका र जिविस धनुषामार्फत १७ लाख ३३ हजार ९३३ रुपैयाँ भुक्तानी गरिसकेको छ । शिक्षा कार्यालयलाई यसबारे कुनै जानकारी नै नरहेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवले बताए । अनुगमनमा गएको समयमा केही किशोरीलाई जम्मा गरेर कक्षा सञ्चालनको नाटक मञ्चन भए पनि नियमित कक्षा सञ्चालन नभएको पाइएपछि परियोजनाको उद्देश्य पूरा नहुने निश्चित देखिएको सहायक जिशिअ यादवको भनाइ छ ।

वि.सं.२०७२ फागुन ९ आइतवार १५:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...