back
NMB ad

नाकाबन्दीविरुद्ध धरानमा हस्ताक्षर, मोदीको पुत्ला जलाइयो

Kumari bank ad

एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी भारतको अघोषित नाकाबन्दी विरुद्धमा हस्ताक्षर कार्यक्रम गरेका छन्।

धरानको भानुचौक अघि हस्ताक्षर कार्यक्रम राखिएको थियो। हस्ताक्षरित १८ मिटर लामो कपडालाई पार्टीको केन्द्रीय कार्यालयमार्फत् भारतीय दुताबासलाई बुझाउने तयारी भएको जिल्ला सचिव प्रवेग लिम्बूले बताए।

सांकेतिक रुपमा भारतीय हस्तक्षेप विरुद्ध हस्ताक्षर कार्यक्रम गरिएको हो। दोस्रो चरणमा भने क्रियात्मक कार्यक्रम हुने उनले बताए। क्रियात्मक कार्यक्रम अन्तर्गत भारतीयद्धारा सञ्चालनमा आएका स्कुल तथा सवारी साधनको रोक लगाउने तयारी भएको छ।

मोदीको पुत्ला जलाइयो

एमालेको भातृ संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन्। बुधबार युवा संघ नेपाल नगर र १ नम्बर क्षेत्रीय समितिको संयुक्त आयोजनामा मोदीको पुत्ला जलाइएको हो।

भारतको अघोषित नाकाबन्दी र तराईमा लामो समयदेखि भइरहेको बन्दको तिब्र विरोधमा एमालेको भातृ संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अनेम संघ, अनेरास्ववियुलगायत विरोधमा उत्रिएका हुन्।

उनीहरुले पार्टी कार्यालयबाट निकालेको जुलुस भानुचौकमा आएर कोणसभामा परिणत गरेका थिए। कोणसभापूर्व मोदीको पुत्ला दहन गरेका हुन्। कोणसभालाई मजदुर संगठनको तर्फबाट कोशी अञ्चल सचिव लक्ष्मी बानिया, अनेरास्ववियुकी केन्द्रीय सदस्य गीता राई, युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बूलगायतले बोलेका थिए।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...